Powered by Blogger.
स्कुल अफ म्यानेजमेन्टलाई फुटसल उपाधि


काठमाडौं । दोस्रो त्रिवी अन्तरविभागिय फुटसल प्रतियोगिताको पुरुषमा स्कुल अफ म्यानेजमेन्ट र महिलामा समाजशास्त्र विभागमा च्याम्पियन भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिभूवन विश्वविद्यालय कमिटीद्वारा कीर्तिपुरमा आयोजित फुटसल प्रतियोगितामा पुरुषमा फिजिक्स विभाग र महिलामा म्यानेजमेन्ट विभाग दोस्रो स्थानमा रहे ।

गत १९ साउनदेखि भएको प्रतियोगिताको बेस्ट प्लेयरमा अनुपम मरासायनी र बेस्ट किपरमा रुद्रमनि दाहाल घोषित भएका छन् ।

लिगकम नकआउटको आधारमा भएको प्रतियोगितामा कुल २८ टोलीको सहभागिता रहेको थियो । सो अवसरमा नरेन्द्र आरसीको अध्यक्षतामा ३९ सदस्यीय मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिवि कमिटी गठन गरिएको छ ।

प्रतियोगिताको विजेता खेलाडीलाई एमाले नेता शंकर पोखरेल, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्षसमेत रहेका सांसद विनोद श्रेष्ठ,भेरी नगरपालिका मेयर सिपि घर्ति,अनेरास्ववियूका उपाध्यक्ष सुनिता बराल र अनेरास्ववियूकै केन्द्रीय सदस्य सुमनराज कार्कीले पुरस्कृत गरेका एकेडेमीका सचिव सञ्जय कार्कीले जानकारी दिए ।


0 comments

Write Down Your Responses