Powered by Blogger.
स्वास्थ्यमन्त्रीको प्रेस संयोजकमा मकवानपुरका खड्का

मकवानपुर,२५ श्रावण / रेडियो निकासका अध्यक्ष तथा निकास साप्ताहिकका प्रकाशक सुनिल खड्का स्वास्थ्य मन्त्री गिरीराज मणी पोखरेलको प्रेस संयोजकमा नियुक्त भएका छन् ।

२०६० साल देखि पत्रकारिता अनुभव सम्हाल्नु भएका खड्का प्रेस सेन्टर नेपालको केन्द्रिय सचिवालय सदस्य एवम् ३ नम्बर प्रदेशका अध्यक्ष, नेपाल पत्रकार महासंघको केन्द्रिय पार्षद,नेपाल चाइना मिडिया फोरमको अध्यक्ष समेत हुन् ।

खड्का टेम्पो तथा मझौला यातायात व्यवसायी संघ लगायत विभिन्न संघसंस्थाको प्रेस सल्लाहकार समेत भैसकेका छन ।

नियूक्त भएसंगै दामनपोष्टसंग कुरागर्दै खड्काले एउटा महत्वपूर्ण जिम्मेवारी पाएको र जिम्मेवारीलाई कुशलता पुर्वक पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन। उनले भने,“चुनौतीहरु धेरै छन तर निरन्तर कृयाशिल हुनेछु  ।”

स्वास्थ मन्त्री गिरिराजमणि पोखरेल अनुभवी, कर्तव्यनिष्ठ र क्षमतावान मन्त्री भएको बताउदै  सिक्दै सबै संग सहकार्य गर्दै जाने बताए ।

0 comments

Write Down Your Responses