Powered by Blogger.
समाजिक कामले आनन्दित बनाउछ : गुरागाँई

सानै देखि सामाजिक क्षेत्रमा क्रियाशिल युवा तारा गुरागाई लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका वर्ष २०१८÷१९ का अध्यक्ष हुन् । रोट्याक्ट क्लव मनोहराका अध्यक्ष समेत रहेका युवा सामाजिक व्यक्तित्व तारा गुरागाँई को समाज सेवा र लियोमा प्रवेश गरे पश्चातको अनुभव तथा भोगाईलाई खोतल्ने प्रयास गरेका छन् हाम्रा सहकर्मी रुपक कालिराजले उनीसँगको कुराकानीमा । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
अध्यक्ष ज्यू कार्यक्रममा स्वागत छ ?
धन्यवाद, 

लियो क्लव कस्तो संस्था हो अध्यक्ष ज्यु ?
लियो क्लब अन्तराष्ट्रिय स्तरको सामाजिक संस्था हो । यसमा विभिन्न क्षेत्रमा आवद्ध भएका युवाहरु त्रियाशिल रहनु भएको छ । जोस जाँगर, क्षमता प्रस्फुटन एवम् प्रर्दशन गर्ने उत्कृष्ट सामाजिक संस्था हो । लिडरशिप एक्सपिरेन्स र अपरच्यूनिटि यस संस्थाबाट प्राप्त गर्न सक्छौँ । यसमा १२ देखि १६ वर्ष (अल्फा लियो) र १६ देखि ३० (ओमेगा लियो )वर्ष सम्मका युवाहरुको समुह अटाउने लायन्स क्लवको भातृ संगठन भन्न सकिन्छ ।  

लियोमा कस्ता युवा अटाउनछन् ?
लियो क्लबमा आवद्ध हुनको लागि कुनै एउटा छुट्टै खालको क्यारेक्टर भएको मान्छे आईरहनु पर्दैन् । जिवनमा महत्वपुर्ण कुरा भनेको समय हो । ती समयलाई हामी जस्ता युवाहरुले सदुपयोग गर्नु पर्छ भन्ने लाग्छ । परिवार र आफ्नो व्यक्तिगत काम पछि बचेको समयलाई सदुपयोग गरि समाजमा सेवा गर्छु भन्ने मन भएका युवाहरु अटाउछन् । 

लियो क्लवमा आउदा के फाइदा ? 
क्लवमा बसे पछि धेरै कुराको अनुभव बटुल्न सकिन्छ । धेरै अनुभव मध्ये लियोमा प्रवेश गरे पश्चात नेतृत्व अर्थात लिडरशिप कसरी गर्ने र सामाजिक कार्य गर्न तर्फ उत्साहित हुन्छाँै ।  सकरात्मक सोचको विकास, आत्माबल बढ्नुको साथै करियर निमार्णमा धेरै ठुलो मद्दत पुग्छ । साथै साथै समुहमा काम गर्दा मजा त आउने नै भयो । युवा अवस्था भनेको खास उर्जाशील समय हो । यस समयमा विभिन्न कुराहरु सिक्नुका साथसाथै आफूमा भएको उर्जा विभिन्न सकारात्मक बाटोमा सदुपयोग गर्नका लागि लियोले मार्गदर्शन गर्दछ । जीवनमा युवा अवस्था पछि सकारात्मक बाटो फैलाउन समेत लियोले सहयोग पु¥याउँछ । समाजलाई चाहिने असल जनशक्ति, सामाजिक व्यक्तित्वहरु समेत तयार पार्न यो संस्थाले ठुलो मद्दत गरेको छ ।

समाजसेवा के हो जस्तो लाग्छ तपाईको अनुभवमा ?
समाजलाई हरेक तरीकाबाट सेवा अर्थात सहयोग गर्न सकिन्छ । तर समाज सेवा निस्वार्थ भावनाले गरेको हुनुपर्छ । कुनै किसिमको आर्थिक शोषन गर्नुहुदैन । अर्थात समाजसेवा गरेपछि मलाई यस्तो हुनुपर्छ भन्ने भाव राख्यो भने त्यसलाई सेवा मान्न सकिदैन मनैदेखि दिलदेखि नै स्वच्छ भावनाले समाजको सेवा गर्र्नु नै समाजसेवा हो ।

समाजसेवामा लाग्नुको मुख्यप्रेरणा कस्लाई ठान्नुहुन्छ ?
– समाजसेवा मेरो बाल्यकाल र युवावस्था देखिकै रुचीको विषय हो । म मा समाजसेवीको गुण पनि थियो भन्छन अग्रजहरुले । त्यसमा बलेको आगामा ध्यु थप्ने काम मेरो आफ्नै बुबाबाट भएको हो । मुख्यतया ः सामाजिक क्षेत्रमा लाग्दा व्यक्तिको पहिचान र व्यक्तित्व विकास हुने भएकाले पनि यसले मलाई आकर्षित बनायो । जसले मलाई सबैभन्दा ठूलो आत्मसन्तुष्टि समेत प्रदान गरेको छ । त्यसै गरि सम्पुर्ण मेरो शिक्षकहरु, साथीहरु र मेरा अग्रजहरु सुदिप कोइराला र सुवास पौडेल दाजुहरुको अझ हौसल्ला साथ सहयोग पनि छ  ।

सामाजिक क्षेत्रमा क्रियाशील हुँदा तपाईले के पाएजस्तो लाग्छ ?
सामाजिक काम गर्दा के पाए भन्दा पनि सामाजिक कार्यमा म आनन्द महसुस गर्दछु । सामाजिक क्षेत्र यस्तो क्षेत्र हो यहाँ मान सम्मान र इच्जत छ । जिवनमा अरुको सेवा गर्नु नै धर्म पनि भन्छन् मानवको सेवा गर्दै समयको सदुपयोग गरिरहेको छु । क्लवमा वसेर दुःखी, गरिब, अपाङ्गता, वृद्धवृद्धा, अनाथहरुको सेवा गर्दा आत्मसन्तुष्टि प्राप्त हुन्छ । मैले आफूभन्दा कम भाग्यशालीहको सेवा गर्ने जुन अवसर पाएको छु यसमा म धेरै नै खुसी छु । यस्तो कार्यबाट अनुभव प्राप्त गरिन्छ ,अवसर लिदै अगाडि बढिन्छ् यो नै मेरो लागि ठूलो उपलब्धि हो । म यसमा निरन्तर रुपमा लागिरहने प्रयत्न गरिरहेको छ । 


यहाँ विभिन्न सामाजिक क्षेत्रमा आबद्ध हुनुहुन्छ । यहाँ आबद्ध संस्थाहरुले समाजमा कस्तो योगदान पु¥याए जस्तो लाग्छ ?
यी संस्थाहरुले मुख्यतया समाजमा युवाहरुलाई एउटा छाताभित्र आबद्ध गर्दै व्यक्तित्व विकास, नेतृत्व, भातृत्व विकास, अनुभव र अवसरहरु प्रदान गरेको छ । एकै छाता मुनि राखि युवाहरुलाई कुलतबाट जोगाउने काम समेत गरेको छ । यस क्लवमा विभिन्न राजनीतिक आस्था राख्ने, धार्मिक विचार धारा भएका मानिसहरु आबद्ध भएता पनि सामाजिक क्षेत्रमा लाग्दा समाजको विकासका लागि एक भई लाग्नु पर्छ भन्ने सन्देश प्रवाह गरिरहेको छ । त्यति मात्रै नभई युवाबर्गमा सामाजिक सेवा तर्फ चिन्तनशील बनाएको छ । विभिन्न दुखी गरिवहरुको जीवनस्तर उकास्न, क्षमता अभिवृद्धि गर्न, शिक्षा, आधारभूत अधिकार प्राप्तिको लागि सहयोग पु¥याईरहेको कुरा यहाँलाई जानकारी गराउन चाहान्छु । 

युवा लक्षित कार्यक्रमहरु के गर्दै हुनुहुन्छ ?
सारै राम्रो प्रश्न गर्नु भयो, सर्वप्रथम हामीले सम्पुर्ण लियो साथीहरुलाई लियोको मुलमर्म बुझाई सामाजिक क्षेत्रमा लाग्न प्रेरित गर्ने खालका मोटिभेस्नल सेमिनारहरु संचालन गर्न आबश्यकता छ र सोहि अनुसार केहि महिना अगाडि बिरगंजमा सम्पन्न समेत गरिसकेका छौँ र यस्तै कार्यक्रमहरु गर्दै जानेछौँ । त्यस्तै लियो सदस्यहरुबीच क्षमता अभिवृद्धिका लागि क्लबहरुलाई एक ठाउँमा उभ्याएर व्यक्तित्व र नेतृत्व विकासका तालिमहरुमा संचालन गर्ने छौँ । हामीले राज्यले गरेको जस्तो ठुलाठुला काम गछौँ भनेर भन्दैनौँ, साना साना कामबाट युवाबर्गलाई सकरात्मक तर्फ डा¥याउन मद्दत गर्ने कार्यक्रमहरु गर्ने योजना अघि सारेका छौँ । पछिल्लो समय बिकरात रुपमा ड्रक्स सेवन प्रयोकर्ताका संख्या वृद्धि भईरहेको अवस्थामा यस तर्फ विद्यालयमा गई सचेतना कार्यक्रमहरु संचालन गर्ने,तिव्रगतिमा सवारी साधान चलाउदा हुने दुर्घटनाबारे सचेतना कार्यक्रम गरिरहेको र गर्दै जानेछौँ । “आन्तरिक पर्यटनलाई प्रर्बद्धन गरौँ,लियो युवाहरुलाई पर्यटन उद्यमी बनाऔँ” भन्ने मुल नाराका यस अघि कात्तिक १४ गते विभिन्न स्थानको अवलोकन भ्रमण तथा छलफल कार्यक्रम समेत सम्पन्न गरिसकेका छौँ । त्यसै गरि नेपालमा प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गर्ने गरेको तथ्य फेला परेको छ । प्रहरीको अभिलेख अनुसार पछिल्लो एक वर्षमा मात्र ३ हजार ९ सय ७७ जनाले आत्महत्या गरेका छन् । विद्यालयमा पढ्ने नौं वर्र्षीया बालिकादेखि युवा, युवती, वयस्क र वृद्धहरुले समेत ज्यान गुमाएका परिपेक्षमा विभिन्न विद्यालय तथा गाउँघरमा आत्महत्या न्यूनिकरणका कार्यक्रमहरु गर्ने योजना छ । त्यस्तै बातावरण क्षेत्रमा पनि कार्यक्रम गर्ने योजनाहरु अघि सारेका छौँँ । 

रमाइलो कुराकानी
तपाईलाई आफु कत्तिको हेन्सम छु जस्तो लाग्छ ?
ठिकै ठिकै १०० प्रतिशतमा ७० प्रतिशत हेन्सम छु झैँ लाग्छ ।

तपाईलाई प्राय कस्तो पोसाकमा हेर्न पाउछौँ ?
मलाई सिम्पल पोषक तथा सादा पोषकमा देख्नु हुन्छ ?

पत्रिका कत्तिको पढ्नु हुन्छ ? पत्रिकाको कुन विधा मन पर्छ ?
प्रय पढ्छु, मलाई पत्रिकामा रहेको पाठक मञ्च धेरै मन पर्छ । त्यस्तै लेख रचना र समाचारमा समेत ध्यान जान्छ ।

प्रेमलाई कसरी परिभाषा गर्नु हुन्छ ?
प्रेम शब्दलाई सबैले आआफ्नो तरिकाबाट परिभाषा दिन्छन् तर मेरो बुझाईमा दुई आत्माको मिलन भन्न रुचाउछु । 
तपाई यति हेन्सम हुनुहुन्छ ? हाल सम्म कतिले प्रेम प्रस्ताव राखे ?
हाहाहा.......गरेनन् भनेर भन्दिन्, धेरैबाट प्रस्ताव आएका थिए । 

अन्त्यमा ?
अन्त्यमा निस्वार्थ मन भएका, सकरात्मक सोच वोकेका, समाजमा नयाँ गर्नु पर्छ भन्ने मनसाय भएका युवाहरु लियो क्लवमा आउन आग्रह गर्छु र हामीले गरेका कार्यहरु सबै सामु पु¥याउने अवसर दिनु भयो तपाईलाई धेरै धेरै धन्यवाद ।

1 comments

Thanks Daman Post for the coverage ! Hope more cooperation upcoming days !

Write Down Your Responses