Powered by Blogger.
मेयर हुनु त यस्तो पो


काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाले सरकारी गाडी किन्ने रकम अस्पताललाई दिने भएको छ ।

नगर कार्यपालिका बैठकले कार्यालय प्रयोजनका लागि गाडी किन्न छुट्याइएको ७५ लाख रुपैया चुहामा बन्न लागेको अस्पताललाई दिने निर्णय भएको लम्कीचुहा नगरपालिका मेयर महादेब बजगाँइले बताउनु भयो ।

जनतालाई सुबिधा सम्पन्न अस्पताल आवश्यक परेकाले महङ्गो गाडी चढ्नु भन्दा अस्पताल बनाउने काममा  सो ररकम लगाउने सोच अनुसार निर्णय गरिएको मेयर बजगाइले बताउनु भयो ।

जनताले आफुलाई काम गर्न पठाएकाले सुबिधा ठूलो कुरा नभएको उहाँको भनाइ छ ।

केन्द्रमा महङ्गो गाडी खरिदको चर्चा चलिरहेको बेला लम्कीचुहा नगरपालिका मेयर बजगाइले भने जनप्रिय निर्णय गरेका छन् । नगरपालिकाको यो निर्णयले जनता खुसी भएका छन् । 

0 comments

Write Down Your Responses