Powered by Blogger.
नेपाल भारत साहित्यको अनुवादमा जोड





काठमाडौंँ, २९ साउन । 

भारतीय वरिष्ठ साहित्यकार केदारनाथ सिंह र अरुण माहेश्वरीले नेपाल प्रज्ञा प्रतिष्ठान र भारतीय साहित्यिक एकेडेमी मिलेर साहित्यिक एवम् साँस्कृतिक आदानप्रदान गर्दै अनुवादका क्षेत्रमा महत्वपूर्ण कार्य गर्न सक्ने बताउनुभएको छ ।

 आफ्नो सम्मानमा प्रज्ञा–प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले महाकवि देवकोटाका कृति एवम् नेपाली भाषाका उत्कृष्ट आख्यानात्मक कृति हिन्दीमा अनुवाद प्राप्त भए वाणी प्रकाशनले प्रकाशन गर्ने सम्बन्धमा योजना बनाउन प्रज्ञा–प्रतिष्ठानलाई सुझाव दिनुभयो । वरिष्ठ साहित्यकार सिंह साहित्य एकेडेमीसँग सम्बद्ध हुनुहुन्छ भने माहेश्वरी चार हजारभन्दा बढी भारतीय साहित्यिक कृति प्रकाशन गरिसकेको वाणी प्रकाशनसँग सम्बद्ध हुनुहुन्छ ।

कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठान र साहित्य एकेडेमीबबीच सुमधुर सम्बन्ध स्थापित भएको बताउनुभयो ।

0 comments

Write Down Your Responses