Powered by Blogger.
लोकतान्त्रिक आदिवाशी जनजाती महासंघको ३ नम्बर प्रदेश स्तरीय भेला सम्पन


काठमाडौं । नेकपा (एमाले) निकट आदिवाशी जनजातिहरुको संगठन नेपाल लोकतान्त्रिक आदिवाशी जनजाति महासंघको ३ नम्बर प्रदेश स्तरीय भेला भव्य रुपमा सम्पन्न भएको छ । 

शनिवार एमाले मुख्यालय धुम्बाराहीमा भएको भेलाले महासंघको ३ नम्बर स्तरीय ७५ सदस्यीय प्रदेश कमिटी समेत घोषणा गरिएको छ । 

महासंघको ३ नम्बर प्रदेश संयोजक तथा उपाध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा महासंघका केन्द्रीय अध्यक्ष पृथ्वीसुब्बा गुरुङ, वरिष्ठ उपाध्यक्ष तथा एमाले पोलिट्वयुरो सदस्य शेरबहादुर तामाङ, महासचिव परशु मेघीगुरुङ लगायतले अब जनजाती र आदीवाशीहरु बहुपहिचानलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा विभिन्न  प्रदेशका उपाध्यक्षहरुले कार्यक्रम सफलताको कामना गर्नुभएको थियो । 

महासंघका उपमहासचिव विजयसिंह लोप्चनद्धारा सञ्चालित कार्यक्रममा सचिव रामचन्द्र बलले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । 

घोषित कमिटीको संयोजक पासाङ शेर्पा तथा सचिवद्धोयमा सरोजमोहन लामा र प्रेमानन्द श्रेष्ठ तथा जिल्ला, अञ्चल तथा उपत्यकाका सदस्यहरु पदेन सदस्य रहेका छन् । 

कार्यक्रममा विभिन्न जिल्लामा स्थानीय तहको निर्वाचनमा विजयी जनजाती तथा आदिवाशी जनप्रतिनीधीहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।



0 comments

Write Down Your Responses