Powered by Blogger.
पहिरोमा पुरिएर मकवानपुरमा तिनको मृत्यू


हेटौंडा, ११ असार /   मकवानपुरको पुरानो सदरमुकाम भिमफेदी गाबिस ५ सोलाभन्ज्याङमा मंगलबार बिहान पहिरोले पुरीएर एकै घरका तीन जनाको ज्यान गएको छ । अबिरल वर्षापछि आएको पहिरोले बसेको घर पुिरदा सोलाभन्ज्याङका २५ बर्षिय टेकबहादुर रुम्बा, उनका श्रीमती २३ बर्षिय पार्बती रुम्बा र छोरा ५ बर्षिय बिकास रुम्बाको पुरीएर ज्यान गएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक बासुदेव थापाले जानकारी दिनुभयो ।

घटनाको  जानकारी पाएपछि प्रहरी निरीक्षक थापाकोे नेतृत्वमा १० जनाको टोली घटनास्थल तर्फ गएको थियो । पहिरोले पुरीएका तीनै जनाको सब पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीमा ल्याइएको । 



0 comments

Write Down Your Responses