Powered by Blogger.
थाहानगर ६ मा एमालेका शशिधर सुबेदी बिजयी


पालुङ् । पालुङ् । थाहा नगरपालिका वडा नम्बर ६ मा नेकपा (एमाले) का उमेद्वार बिजयी भएका छन् ।  भर्खरै सम्पन्न मत गणना अनुसार वडा अध्यक्ष पदमा एमाले उमेद्वार शशिधर सुबेदी निर्वाचित भएका हुन् ।

सुबेदीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेद्वार केदारबहादुर जोशीलाई २ सय ८५ मतले पछि पारेका छन्  । स्मरणीय छ सोही वडाबाट सुबेदीका सहोदर दाजु दामोदर सुबेदी पनि माओवादी केन्द्रका तर्फबाट उमेद्वार थिए ।
एमालेका उम्मेदवार शशिधर सुबेदीले ८४६ मतका साथ् बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केदार बहादुर जोशीले ५६१ मत ल्याएका छन् ।

त्यस्तै माओबादीका उम्मेदवार दामोदर सुबेदीले ३८४ मत ल्याएका छन् भने नया शक्तिका इन्द्रबहादुर श्रेष्ठले ९३ मत ल्याएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार शंकर महर्जनले ५२ मत ल्याएका छन् ।


पछिल्लो परिणाम अनुसार मेयरमा माओबादीका लबशेर बिष्टको मत ७ हजार ४४ रहेको छ भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बिष्णु ढकालको ५ हजार ३ सय ७८ मत रहेको छ । त्यस्तै नया शक्तिले १३० र राप्रपाले ५६९ मत ल्याएका छन् ।

उप मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ५ हजार ६ सय ५० मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार ५ हजार ६ सय मत ल्याएका छन् । त्यस्तै उप मेयरमा नया शक्तिका उम्मेदवारले १३१ र राप्रपाका उम्मेदवारले ५३२ मत ल्याएका छन् ।

थाहा नगरमा पाली कांग्रेस र माओबादी केन्द्रबीच चुनाबी तालमेल गरिएको छ । यता बज्रबाराही स्थित ६ नम्बर वडाको मतगणना पछि एमालको तर्फबाट उप मेयरका उम्मेदवार बनेकी कल्पना बलामीले आफुलाई शसक्त रुपमा उभ्याँउदै ५० मत मात्र कम भएको पुष्टी गरेकी छिन् ।

सबैभन्दा बढी मतदाता रहेको यो ठाउमा २२०२ मत खसेको थियो ।

0 comments

Write Down Your Responses