Powered by Blogger.
यसरी समाधान हुन्छ हेटौंडाको सडक विस्तार अभियानमा देखिएको समस्या

अधिवक्ता रामनारायण बिडारी, साँसद
जनकपुर, बिराटनगर, विरगञ्ज, काठमाडौं जस्तो हेटौडा शहर पुरातात्विक ऐतिहासिक महत्वको सुचीमा परेन । यो शहर औद्योगीक नया शहर हो । त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको संगम स्थल पनि हो । पहाड र तराइको पुलको काम गर्ने शहर पनि हो । 

तर यो सरह एसियाली राजमार्गको मापदण्ड तथा नेपालको कानुन बमोजिमको राजमार्ग पनि बन्न सकेन । राजनीतिक नाफालाई हेरेर सडकको दायाँबायाँ जथाभावी लालपुर्जा बाँडियो । घर वनाउन तत्कालिन प्रधानपञ्च तथा नगर प्रमुखले नक्सा पास गरिदिए । सडकको मापदण्ड मिचियो । 

वैकल्पीक राजमार्गलाई यी स्थानिय निकायले महत्व दिएनन् । तसर्थ शहर अस्तव्यस्त काठमाण्डौको इन्द्रचोक जस्तो हँुदैछ । दिनदिनै सवारी साधान बढ्दो छ । दुइ राजमार्गको संगम स्थल भएकोले ठुला मालवाहक, ठुला रात्रीवस यही शहरको बीचवाट हिँड्छ । साना सवारी रिक्सा,अटो रिक्सा पनि यहीँ छन् । पैदलयात्री पनि प्रसश्त  छन् ।

तर सडक विस्तार गर्न वा वैकल्पीक राजमार्ग वनाउन पनि पहल हुदैन । यो बडो दुर्दशापुर्ण अवस्था विगतका जनप्रतिनिधिले निम्त्याइ दिए । अव फसाद परेको छ । सडकका करिव सयको हाराहारी घरका कारण हेटौडा नगरवासी मात्र नभएर बिरगञ्ज, झापाका मानिस समेतले हेटौडामा दुःखपाइ रहेका छन् । 

अत्यधिक जाम, दुर्घटना, अस्तव्यस्तताको कारण । औद्योगीक शहर अझ थप औद्योगीक क्षेत्र हुदैछ । तर सडक सारै सानो छ । यस्तोमा के गर्ने ?

सरकार कानुन मात्र देखाएर सडक फराकिलो पार्ने भनि वर्षेनि निहु खोज्छ । सडकमा परेको जग्गाको मालपोत मिन्हा गर्दैन, लिइ रहन्छ । नक्सा पास गरि दिन्छ र घर कर लिन्छ । यो सरकारको निर्लञ्जपन हो । अब के गर्ने त ?
२०३४ पछि सडकको  मापदण्ड भित्र नेतालाई प्रभावमा पारेर लालपुर्जा प्राप्त गरेकालाई मुआव्जा दिन उचित हुँदैन । २०३१ भन्दा अगाडि लाल पुर्जा प्राप्त गरेकालाई पहिला मुआव्जा नदिएको छ भने निजलाई उचित मुआव्जा दिनु आवस्यक छ । 

घर वनाउदा विना सर्त नक्सा पास भएको छ भने त्यस्तालाइ घरको उचित क्षतिपुर्ती दिनु मनासिव हुन्छ । तर घरको नक्सा पास गर्दा सडकले भत्काउदा मेरो मञ्जुर छ भनि नक्सा पास भएकोमा सो घरको क्षतिपुर्ती दिन आवश्यक छैन । यो कुरा ३ महिना भित्र ठहर गरि सडक विस्तार गर्नको निम्ति अन्तीम म्याद उचित रुपमा दिएर सडक फराकिलो पार्न उपयुक्त हुन्छ । 

यसको अतिरिक्त वैकल्पीक राजमार्ग वनाउन सार्वजनिक,निजी साझेदारीको माध्यमवाट स्थानिय तहका सरकारले समेत लगानी गर्ने गरि वैकल्पीक राजमार्ग निर्माण गर्न जरुरी छ । जे होस यी दुइ मध्ये एक यहि आर्थिक वर्षमा निर्णय गरि काम सुरु गर्नु पर्छ ।

त्रिभुवन राजपथको ग्रामिण इलाकामा भने २५ मिटर केन्द्रवाट सडक बन्न ठाँउ ठाँउमा अपठ्यारो देखिन्छ । यस सम्वन्धमा पनि ठोस निर्णय गर्नु पर्ने देखिन्छ । जे होस हेटौडा शहरलाई औद्योगीक एवं व्यापारिक शहरको रुपमा विस्तार गर्न सडक फराकीलो पार्न आवस्यक  छ । 

यति कुरा भन्न नेता खुल्ला रुपमा सक्दैनन् । केहि नेताको आफ्नै घर छ केहि नेतालाई भोटको डर छ । भित्र एक कुरा गर्दछन् । बाहिर अर्को कुरा गर्दछन् । करौडोै जनताको सम्मृद्धिको लागि सडक फराकिलो चाहिन्छ । यहि कुरामा आधारित भएर काम गरौ । 

1 comments

1st Stop Your Filthy Politics..You People start doing your own profession what you good at..Good People Are out Here in Hetauda who Inreal sense love Our Mother Land HETAUDA...BLEMMIN OTHERS WON'T EXCUSE UR MORTAL SINS....

Write Down Your Responses