Powered by Blogger.
मकवानपुरको खैराङ गाउँमा ३९ वर्षपछि मोटर पुग्यो

राज सापकोटा
हेटौडा,३० असार /  निर्माण सुरु गरेको ३९ वर्षपछि मकवानपुरको खैराङ गाउँमा मोटर पुगेको छ । त्रिभुवन राजपथ अन्तर्गत नामटारको चुनिँयाबाट कालिकाटार–भार्ता हुँदै खैराङ गाविससम्म मोटरबाटो पुगेपछि मकवानपुरमा अब सबै गाविसलाई मोटरबाटोले छोएको छ ।
आँगन नजिक मोटर गुडेपछि खैराङ बासीहरुले मोटर आईपुग्ने बित्तिकै फूलमाला र अबिर लगाई सबैलाई स्वागत गरेका थिए । मकवानपुरको गाँजाको लागी पकट मानिएको त्यस गाउँमा मोटरबाटो पुगेसँगै त्यहाँका स्थानीयले तरकारी खेती गर्ने बताएका छन् । लामो समयदेखि गाँजाको बिकल्प माग गरिरहेका उनीहरुले गाउँमा मोटर गुड्न थालेपछि गाँजाको बिकल्पमा तरकारी खेती गरेर जीवन निर्वाह गर्ने स्थानिय राजकुमार मल्लले बताए ।

मोटर नहुदा स्थानीउ उत्पादन मनहरी बजार सम्म पु¥याउँदा प्रति केजि १५ रुपैयाँ भरियालाई बोकेको ज्याला दिनुपर्ने बाध्यता थियो जसकारण यस स्थानका जनताहरु लागुऔषध गाँजा, अफीम लगाई जिवन निर्वाह गरिरहेका थिए ।
लामो समय देखि सरकार संग स्थानीएले गाँजाको बिकल्प माग गर्दै आइरहेका थिए । मकवानपुरको गाँजा क्षेत्रका रुपमा ख्याती कमाएको यो क्षेत्रका लागु औषधमा संलग्न हाल तीनसय ४० जना स्थानीय भिमफेदी कारागारमा सजाँय काटिरहेको तथ्याङक छ ।

पछिल्लो पटक यसै आर्थिक वर्षमा जिल्ला विकास समिति मकवानपुरले १ करोड १ लाख रुपैयाँ खर्च गरेर भार्ता–७ दुब्लुङबाट खैराङ–२ स्थित गाविस कार्यालयसम्म आठ किलोमिटर सडक निर्माण गरेपछि खैराङ बासीको ३४ वर्ष पुरानो सपना पुरा भएको हो । उक्त बजेटबाट नामटारको चुनियाँदेखि कालिकाटारको कालिखोलासम्म २४ कि.मि.सडक समेत मर्मत गरिएको जिल्ला विकास समिति मकवानपुरले जनाएको छ । जिल्ला बिकाश कार्यालय मकवानपुरका इन्जिनियर सञ्जय मिश्रले सडक स्तरिकरणमा राज्यले प्रत्येक वर्ष लगानी गर्ने बताए ।

चुनियाँदेखि कालिखोलासम्म एसएनआरटीपीको २० करोड रुपैयाँ लगानीमा सडक पीच गर्ने काम हुँदैछ । यहाँका जनताले सक्रियता देखाउने हो भने अबको ६ वर्षभित्र खैराङसम्म नै सडक पिच गर्न सकिएमा यो सडक चुनियाँ कालिकाटार खैराङ हुदै मलेखु जोडीने छ । 
https://www.facebook.com/news.mkw

0 comments

Write Down Your Responses