Powered by Blogger.
एमालेका नगर कमिटी सदस्य बराल सहित १ सय १९ माओवादी केन्द्र प्रवेश

हेटौंडा÷नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य लिलामणी पोखरेलले लोकतन्त्र, गणतन्त्र र संविधानलाई संस्थागत गर्न नेकपा माओवादी केन्द्रलाई विजयी गराउन अपिल गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर पालिका वडा नम्बर १८ को चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले प्रजातन्त्रको नाममा २५ बर्षसम्म शासन गर्नेहरुले नैं बिद्युत चोरी गर्नेहरुलाई संरक्षण गरेको बताउनुभयो । देशलाई चरम लोडसेडिङमा राखेर जनतामाथी गरेको अन्यायलाई माओवादी केन्द्रले पर्दाफास गरेको बताउनुभयो । बिद्युतको नाममा हुने सबैं खाले भ्रष्ट्रचार अन्त्य गरी उज्यालो र समृद्व नेपाल बनाउने अभियानमा लागेको पार्टी नेकपा माओवादी केन्द्रलाई बिजयी गराउन पोखरेलले आग्रह गर्नुभयो ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी १ सय १९ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमालेका नगर कमिटी सदस्य प्रेमबहादुर बराल सहित ६७ जना, र अन्य बिभिन्न पार्टीका ५२ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले जानकारी दिनुभयो । पार्टी प्रवेश गरेकाहरुलाई नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य लिलामणी पोखरेल र नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानले खादा र अबिर लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट हेटौंडा नगर पालिकाका उपमेयर पदका उम्मेदवार बलराम बल, माओवादी केन्द्रका नेता प्रकाश पाण्डे, सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), पुर्व सभाषद शेर बहादुर  पहरी, १८ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार भोला थापा, १६ नम्बर वडाका अध्यक्षका उम्मेदवार अविनाश गजुरेल, १७ नम्बर वडाका अध्यक्ष शंकर राउत लगायतकाको आतिथ्यतामा रहेको थियो ।
कार्यक्रम नेकपा माओवादी केन्द्रका १८ नम्बर वडा अध्यक्ष राजु तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो ।

0 comments

Write Down Your Responses