Powered by Blogger.
थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ

थाहानगर / थाहा नगरको प्राविधिक घुस सहित रङगेहात पक्राउ परेका छन । आज दिउसो १२ः४५ बजेको समयमा थाहा नगरपालिकामा भवन तथा प्राविधिक निमार्ण शाखामा कार्यरत सब इन्जिनियर कलराज न्यौपानेलाई प्रक्राउ गरेको थाहानगरका प्रमुख लवशेर विष्टले जानकारी दिए ।

वडा नम्बर २ अंगारे वस्ने मिन प्रसाद ढकालसंग भुकम्पले भत्काएको घर पुर्ननिमार्ण गरेको र नयाँ घर बनाएको निरिक्षण गरेको भनेर घुस मागेको भन्ने सूचनाका आधारमा पुगेको ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलिले  नगररपालिका ३ नम्बर कार्यालयको सौचालयमा नगद २ हजार लिदालिदै पक्राउ गरेको हो ।

सव-इन्जिनियर न्यौपाने जिल्ला कालिकोट रासिकोट नगरपालिका १ का स्थायी वासिन्दा हुन् । न्यौपाने इलाका प्रहरी कार्यालय पालुङको नियन्त्रणमा छन् ।

1 comments

घुस पेठ पालुङ बाट यसरी नै निस्तेज पार्नु पर्छु ।

Write Down Your Responses