Powered by Blogger.
ज्योति मगरले किन दुख मनाउ गर्ने ?

स्वयम्भुनाथ कार्की
अब त केहि नलेखुं भन्यो बिषय बस्तु यस्तो गरि सृजित हुन्छन नलेखी सुखै छैन।  अहिले सामाजिक सन्जालमा लोक गायिका ज्योति मगरको पहिरन, हाउ भाउलाइ लिएर सनातन ,आधुनिक , अति आधुनिकताको ढोंग रच्नेहरुबीच पक्ष बिपक्षमा बहस चलेको छ।  व्यक्तिगत जीवन कसको के छ, त्यो संग पटक्कै सरोकारको बिषय हैन।  तर यौटा सार्वजनिक जीवनमा दौडिरहेको जो कोहिले बिषय बस्तु अनुरुप त्यसका सिमा , नियम , आचरण ,   अनुशासनका  नियम  आदि पालना गरेकै हुनु पर्दछ। 

केहि समय अघि मात्र कृषि मन्त्रि हरि पराजुली भन्ने पात्रले महिलाको छात्तीमा  टाउको धसेको ,महिला हरुलाई जवर्जस्ती हिलो खेल्न प्रेरित गरेको  दृश्य बाहिर आउन साथ त्यसमा  पक्ष बिपक्षमा तर्क, बितर्क , कुतर्क हरु भए।   सायद जीवनमा यति ख्यालख्याल को  ठट्टाले महँगो मूल्य चुकाउनु परेको घटना पराजुलीको निम्ति पहिलो हुन सक्छ। उनले जतिसुकै बिलौना गरेर  मैले  आशिर्वाद  मात्र लिएको हो अन्यथा केहि गरेको हैन , अझ  आयोजक संस्था बाट पनि मन्त्रि महोदय कै पक्षमा  बिज्ञप्ति  जारि गर्न  लगाए पनि जनमानसले  नेपालको कुनै पनि संस्कृतिमा महिलाको छातीमा टाउको धसेर आशिर्वाद लिने चलन  नआएकोमा  एकमत  भए । आखिरमा मन्त्रि पद चट्  भयो।  त्यतिबेला उनको स्वतन्त्रता को पक्षमा बोलिदिने बहस गरिदिने कुनै बबुराहरु देखिएनन् ।  

अहिले  सामाजिक संजालमा ज्योति मगरको  बिषयमा नाम सुनेका नसुनेका अपरिचित हरुको लेख , कमेन्ट आदि पढे।  मेरो बिचारमा  ज्योति मगर हामी सबैको कलाकार हुन्।  कलाकारलाई राष्ट्र कै गहनाको रुपमा चित्रित गरिएको छ। गित संगीत को माध्यम बाट  आफ्नो प्रतिभा , लोक संस्कृति , लोक धुन , लोक भाका आदिलाई जनमानस मा  पुर्याउने  माध्यम  कलाकारले  नै हो।  यसमा ज्योति मगरको पनि योगदान रहेको छ।   यसमा द्विमत छैन।  तर हरेक बिषय बस्तुको  मर्म , भावना , मौलिकता ,महत्व , नियम , प्रकृति  अलग अलग हुने हुँदा कलाकारले पहिरिने  पोशाकको  पनि उत्तिकै  महत्व हुन्छ। झन् संगीतको कुरो गर्नु पर्दा ताल न बेताल सुर नभएको संगीतले  गायनमा पूर्णता दिन्छ त अझ पश्चिमा  मुलुकमा बसेर आधुनिकताको  राग अलाप्ने , आफुलाई संसारकै आधुनिक ठान्ने  केहि साँघुरो सोचका सानो अंशका  भलाद्मीहरुलाई के भन्न चाहन्छु   भने  पश्चिमा  मुलुकमा हरेक समारोह  अनुसारको  पोसाकको अलग अलग  तयारी गरेको हुन्छ।

 जस्तै कोहि आफु निकटका इष्टमित्र  नातेदारको  निधन  भएमा  मलामी जानु पर्दा कालो पोसाकलाई  औपचारिक संस्कृतिको रुपमा स्थापित  गरेको छ। स्वतन्त्रता छ भन्दैमा उत्ताउलो , भड्किलो , रंगी बिरंगी बुट्टेदार कपडा लगाएर मलामी  जान बर्जित छ।  किनकि त्यस किसिमको पहिरनले मृतकको खिल्ली उडाउने ,सामाजिक संस्कारको बर्खिलाप हुने र परम्परागत चलि आएको  चलनमा ठेस  पुग्न जान्छ। र, सोझै अपमान गरेको ठहर्दछ। 


ज्योति मगरको पहिरनको बिषय माथि प्रश्न उठ्नु स्वाभाविक हो , यदि उनले लोक भाका , लोक दोहोरि भन्दा अलग विधामा स्वर दिन्थिन भने त्यो बहसको अर्को पाटो हुन्थ्यो। पश्चिमा चर्चित कलाकारहरु , जस्तै  लेडी गागा ,जेनिफर लोपेज , म्याडोना ,माइली सिरस आदि कलाकारहरु पनि चर्चामा आउनको निम्ति भल्गर रुप धारण गरेको समाचार सुन्छौं। तर उनीहरुले गाउने विधा लोक भाका लोक गित हैन। मेरो सामान्य बुझाइमा ज्योति मगरले दुख मनाउ गर्नु पर्ने कुनै कारण देख्दिन , उनको करियर मा अझ निखारपन आओस , सबै तह तप्काका  श्रोता ,दर्शक को मन जित्न सकुन।  बिबादमा आएर कसैलाई पनि फाइदा छैन।

0 comments

Write Down Your Responses