Powered by Blogger.
वास्तविकतामा आधारित चलचित्र ‘पिक्चर’


काठमाडौँ, १५ असोज । पत्रकार उमेश चौहान नेपाली कथानक चलचित्रका साथ दर्शकमाझ आउन थालेका छन् । मिर्गौला तस्करीको ‘रियल पिक्चर’लाई ‘रिल’मा उतारेर उनले चलचित्र ‘पिक्चर’ बनाएका छन् । पिक्चरको अफिसियल ट्रेलरको ‘वल्र्ड प्रिमियर’ बिहीबार अनलाइनमार्फत गरिएको छ ।

सुखको आशमा आफ्नै मिर्गौला बेचेर बेहाल भएका युवाहरूको कथा हो– पिक्चर । काठमाडौंबाट जम्मा ६० किलोमिटर टाढा काभ्रेका विभिन्न गाउ“का सोझासीधा युवालाई आर्थिक प्रलोभनमा पारेर भारतका विभिन्न सहरमा लगिन्छ, मिर्गौला झिकेपछि उल्टै कुटपिट गरेर धपाइन्छ । त्यही कथा चलचित्रले फलो गरेको छ ।

एक वर्षको अनुसन्धान र एक वर्षको छायाङ्कनपछि तयार हुन लागेको चलचित्र पिक्चर ‘नन स्क्रिप्टेड’ फिल्म हो । ‘हामीले चलत्रिको टाइटल मात्रै लेखेका हौ“, अरू सबै पीडितले भनेका कथा हुन् । पीडितका कथामा हाम्रा कलाकारले अभिनय गरेका छन्,’ निर्देशक चौहानले भने, ‘यो हामीले गरेको सुन्दर परिकल्पना होइन, समाजको भयानक वास्तविकता हो ।’

चलचित्र पिक्चर प्रवीण बुढाथोकी र कपिल बुढाथोकीले निर्माण गरेका हुन् । चलचित्र नेपालका पहाडी गाउँदेखि काठमाडौं तथा भारतको गोरखपुरदेखि चेन्नई र सिलगुढीलगायतका सहरसम्म छायाङ्कन गरिएको छ । पिक्चरमा विक्रमादित्य शाह, चन्द्र नेपाली, आइशा ठकुरी, अभिनय, उमेश मायालु, रश्मी भट्ट, जीत राघव, आरजेश रेग्मी, दिनेश काफ्े र अभिनयलगायतका कलाकारले अभिनय गरेका छन् ।

 विनोद विष्टले छायाङकन गरेका छन् भने जेशन कुँवर र सुजिल कर्माचार्यको संगीत छ । चौहानले यसअघि इराकमा मारिएका १२ नेपाली दाजुभाइको कथामा ‘ग्रिन ब्लड’ डकुमेन्ट्री बनाएका थिए ।

0 comments

Write Down Your Responses