Powered by Blogger.
उद्योगी मुरारकाद्धारा करोडौंको कर छली

काठमाडौँ, ३ माघ । उद्योगी आशोककुमार मुरारकाले करोडौंका भ्याट छली गरेको भन्दै उजुरी परेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका पशुपति मुरारकाका भाई अशोकले करोडौंको राजश्व ठगी गरेको भन्दै राजश्व अनसन्धान विभागमा उजुरी परेको हो ।

विभागमा यही पुस ३ गते दर्ता गराएको उजुरीमा मुरारकाले आयाकर र भ्याट छली गरिएको भन्दै कारवाही गर्न माग गरिएको छ । उनले भ्याट नम्मर ३०१२७५३७४ को  पशुपति स्टोन क्रशर थानकोटको नाममा ४ बर्षको खुद नाफामा झुठो विवरण पेश गरी कर छली गरेको बताइएको छ । 

उनलाई आयकर ऐन २०५८ को दफा १ सय ३६(क) को अधिनमा रही कारवाही गरिनुपर्ने माग गरिएको छ । मुरारकाले इलाममा टि प्रोड्युसर्स प्रालि मार्फत भारतमा निकासी गर्दा आफ्नै श्रीमतीको नाममा दर्ता भएको क्यामेलीया इन्टरनेशनलमा निर्यात गर्ने गरेको र सुरुदेखि प्रतिकेजी ८० रुपिंया कम दररेट राखी निर्यात गरेका थिए । 

उनले हालसम्म ८७ लाख केजी चियाको अण्डरबिलीङ गरी ७० करोड तथा सन् २०१४ र २०१५ को १६ लाख केजीको ८० रुपिंयाका दरले १३ करोड अण्डरबिलीङ गरी भारतमा लगानी गरी आय विवरणमा घाटा र न्युन नाफा देखाई ठगी गरेको दावी गरिएको छ । 

यसको पुष्टी इलाम जिल्लाकै हिमालय साग्रीला टि प्रालीले आन्तरिक राजश्व कार्यालयमा पेश गरेको आय विवरणसंग तुलना गर्दा ठगी गरेको पुष्टी हुने बताइएको छ । उनले आफ्नै साझेदार कृष्णप्रसाद प्रसाईलाई पनि कम्पनीको नाफा र विवरण झुटो पेश गरी कम्पनीबाट हटाएका थिए । 

त्यस्तै मुरारकाले बैदेशिक मुद्रा समेत अपचलन गरेको बताइएको छ ।  

0 comments

Write Down Your Responses