Powered by Blogger.
अल्का बचत तथा ऋण सहकारीको आठौँ साधारण सभा


काठमाडौं । अल्का बचत तथा ऋण सहकारी संस्थाको आठौँ बार्षिक साधारण सभा शनिबार सम्पन भएको छ । साधारण सभामा संस्थाको वर्तमान अवस्था र भावि कार्ययोजना बारे छलफल भएको थियो ।

कार्यक्रममा अध्यक्ष नारायण पाण्डेले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन र कोषाधक्ष्य नेल्सन पाण्डेले पेश गरेको आर्थिक प्रतिवेदन पारीत गदै भावि योजना पारित गरीएको थियो । 

संस्थाका ज्येठ सदस्य चुरामणी पाण्डेको प्रमुख आतिथ्यता,  अध्यक्ष नारायण पाण्डेको सभापतित्व र सचिव बिशाल मिश्रले संचालन गरेको कार्यक्रममा नेपाल सरकारका कर अधिकृत टंक भुसाल, पत्रकार मुकुन्द भुसाल लगायतले शुभकामना दिएका थिए । 

सहकारी मुल्यमान्यता आर्दश र सिद्घान्तलाई अनुसरण गरी सहकारी पद्घतिमार्फत सदस्यको आर्थिक, सामाजिक र सास्कृतिक रुपान्तरण गर्ने उद्देश्यका साथ आठ वर्ष अघि अल्का बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो । 

अल्कामा अहिले करीब १ हजार सदस्य आवद्घ रहेको र हरेक वर्ष सदस्यहरुमाझ नयाँ नयाँ कार्यक्रम ल्याएको संस्थाका प्रबन्ध निर्देशक विशाल मिश्रले बताए । 

0 comments

Write Down Your Responses