Powered by Blogger.
सन्दर्भ ‘न्युनतम लेखापरिक्षण शुल्क’ःअहिले नगरे कहिले ? आफैंले नगरे कसले ?

सुरज प्याकुरेल
नेपाली सिए क्षेत्रका सबैको चाहना अनुसार लामो कसरतपछी (नेपाल चार्टड एकाउन्टेन्टस् संस्था आइक्यानले न्युनतम लेखा परिक्षण शुल्क तोक्यो । उक्त निर्णय फगत निर्णय थिएन ।  थियो त एउटा क्रान्तिको सुरुवात, नेपाली लेखा व्यवसायलाई समृद्ध बनाउने अभियानको महत्वपूर्ण पाटो ।  र बिगुल थियो लेखा व्यवसायको बिकासको ।

संघर्ष बिना सफलता कहाँ सम्भव छ र ? आइक्यानको यो निर्णयका विभिन्न विश्लेषण भए । सबैलाई आ आफ्नै चिन्ता हुनु स्वाभाविक पनि हो ।  र, त आइक्यानको यो निर्णयका विरुद्ध अदालतमा रिट पर्यो ।  सबै लेखा व्यवसायीलाई स्तब्ध’ बनाउँदै अदालतको अन्तरिम आदेश आयो, ’उक्त निर्णयलाई हालका लागि कार्वनयन नगर्नु नगराउनु’ भनेर । 
   
’परिवर्तन’ सजिलो बिषय पक्कै होइन । अदालतको आदेशका बाबजुत नेपाल चार्टड एकाउन्टेन्टस्  संघ (एक्यान) ले आफ्ना सदश्यहरुलाई आइक्यानले तोकेकै न्युनतम पारिश्रमिक लागु गर्नु र नगरे कारवाहीको चेतावनी दिएको छ । अदालतको निर्णयलाई चुनाती दिँदा आइपर्न सक्ने सम्पूर्ण भवितव्यलाई टाउकोमा थापेर एक्यानले जस्तो निर्णय गरेको छ, त्यो अर्को ’परिवर्तन’को सरुवात नै हो भन्दा पनि फरक पर्दैन ।

तर इतिहास निको पक्कै छैन । सिए क्षेत्रमा स्वार्थमा बिक्नेहरु पनि छन् । आफ्नै संघले गरको निर्णयको बर्खिलाप जानेहरु पनि छन् । बिगतमा लेखापरीक्षक पक्राउ पर्दा होस् वा एक व्यक्ति एक पेसाको आन्दोलनमा, लेखा व्यवसाय भित्रकै केहि धमिराहरुले एक्यानलाइ ’नियोजित असहयोग’ नगरेका होइनन् ।  संघको महान कार्यलाई बिर्सेर अध्यक्षले जस पाउने डाहामा होस् वा एक्यान अध्यक्षसँगको व्यक्तिगत खिचातानीले होस् एक्यानको प्रसंशनीय कार्यलाई लात मारेर आफ्नै घरमा आगो लगाउने काम पनि बिगतमा नभएको होइन ।      
’भाइ फुटे गवार लुटे’ भन्ने उखानजस्तै आज आफैं फुटे भोली अरुले लुट्नेछन् । आज जाडो भयो भनेर घरका झ्याल ढोका बाल्न थालियो भने भोलि घर ’घर’ कहाँ रहन्छ र ? आज घर जोगाउने निर्णय भाइको भनेर दाइले उटफट्याङ गर्न थाल्यो वा दाइले गरेको घर जोगाउने निर्णयको बर्खिलाप भाइ लागे भोली घरको भगनावशेषमा रुनु पर्ने अरु को हुन्छ र ? त्यसैले एक्यानको निर्णयमा सबैले साथ् दिनुपर्छ । 

इतिहास साछी छ, भाइभाइ फुट्दा लेखा व्यवसायका अनेकौं एजेन्डाहरु तुहिएका छन् । एक व्यक्ति एक पेसा देखि लेखा परीक्षक पक्राउ परेको घटनासम्म आइपुग्दा हामी ’एक’ रहुन्जेल जित्यौं, जव फुट्यौं, सकियौं । निश्चित छ यति बेला पनि न्युनतम लेखा परिक्षण शुल्क लागु गर्न सकिएन भने कहिले पनि गर्न सकिंदैन । 

गाइ पाल्ने ग्वालाहरुले यो बुझ्नु पर्छ, कसैलाई दुध महँगो भयो भन्दैमा गाइ पाल्ने पैसा नै नपुग्ने गरी दुध बेच्नु मुर्खता हो ।  नेपालको लेखा व्यवसाय कुन स्थितिमा छ भन्ने कुरा सबैलाई थाहा नै छ । र त सिएहरुले बुझ्नु पर्छ बेला यहि हो, जो पटक पटक नआउन सक्छ । अहिले हारियो भने कहिले पनि जितिदैन।  अहिले जितियो भने ’जीत’ सधैंका लागि हुनेछ ।  भविष्यका लागि हुनेछ । 

एक्यानले गरेको यो महान निर्णयमा भोलि होइन आजै आज होइन अहिल्यै बाट समर्थन जनाऔं । भोलिको पिडिका लागि इतिहास रचौं । आखिर बजार न हो, सबै मिले ’कुरा’ मिल्छ । भाइ भाइ मिले छिमेकीले डस्दैन । हामीले हारको सुरुवात गर्यौं भने भविष्यमा अन्य ’कहालीलाग्दा’ समस्या आउनेछन् । एक सिलिन्डर ग्याँसको १० हजार रुपिंया हाल्ने मुलुकमा बसेर १५ हजारमा लेखापरीक्षण गर्नु मुर्खता होइन महामुर्खता हुनेछ । 
   
त्यसैले आइक्यानले तोकेको न्युनतम लेखापरीक्षण शुल्क भन्दा गिरेर कसैले पनि कम नगरौं।  एक पटक यो निर्णय कार्वनयन त होस्, अनि गरौंला नि प्रतिष्पर्धा ! आखिर अहिले नगरे कहिले गर्ने ? आफैंले नगरे कसले गर्ने ?  

0 comments

Write Down Your Responses