Powered by Blogger.
पार्टी मधेस विरोधी भन्ने भ्रम चिर्न पनि मेरो विजय आवश्यक छ

अब्दुल हुसेन खाँ, महासचिवका प्रत्यासी, अनेरास्ववियु

अखिलको नयाँ नेतृत्वको लागि २२ औं महाधिवेशनको भव्य उद्घाटन आज काठमाडौमा हुँदै छ । २१ औ महाधिवेशनबाट (खुला) सचिवमा निर्वाचित भएका अब्दुल हुसेन खाँ यसपटक संगठनको महासचिव पदका सशक्त तथा बलीयो उमेद्वार हुन् । केन्द्रीय सदस्य, सचिवालय हुँदै सचिव बनेका हुसेन वैचारिक प्रतिश्पर्धामा   अब्बल छन् । नेकपा एमाले बाँके पार्टी जिल्ला कमिटी सचिवालय सदस्य समेत  रहेका खाँ मुस्लिम र मधेश क्षेत्रबाट समेत प्रतिनिधित्व गर्दछन । उनी आफु ‘महासचिव बनेर अखिलको इतिहास भजाएर खाने प्रथाको अन्त्य गर्न’ चाहन्छन् ।  प्रस्तुत छ दामन पोष्टले उनीसंग गरेको कुराकानीः 

किन अखिलको राजनीतिमा लाग्नु भयो ?

मेरो पारिवारिक पृष्ठभूमि नै एमाले थियो । मेरो बुवा पनि स्थानिय तहको नेता हुनुहुन्थ्यो । त्यसैले पनि म अखिल भएँ ।  म स्कुल पढ्दादेखि नै अखिलमा आवद्ध थिए । त्यतिखेर मेरा साथीहरु रचनात्मक क्रियाकलापमा सक्रिय भएको देखेको थिए । राम्रो काम गर्ने, असल मान्छे अखिलमा हुनुपर्दछ भनेर म अखिलमा आवद्ध भए । 

तपाई नै महासचिवमा योग्य भन्ने आधार के छ ?

म अखिल भित्रको अनुभवी नेता हँु । म स्कुल कमिटी, जिल्ला हुदै अखिलको राजनीतिमा पुगेको व्यक्ति हँु । मैले अखिल भित्रको धेरै संरचना पार गरिसकेको छु । त्यसैले मलाई अखिल कसरी चलाउनुपर्दछ भन्ने कुरा धेरै थाहा छ । काममा हिसावले पनि म अरु भन्दा बढी  खट्ने गरेको छु । म अनुभव र वरिष्ठताकोे हिसावले अरुभन्दा परिपक्क छु । 

अर्को कुरा, आज एमालेलाई मधेसी विरोधी भन्ने भ्रम फैलाइएको छ ।  म मधेसबाट प्रतिनिधित्व गर्ने एउटा मधेसी, मुस्लिम र पश्चिम क्षेत्रको मान्छे भएकोले त्यस्तो भ्रम चिर्न सक्छु भन्ने लागेको छ । 

तपाई महासचिव भइसकेपछि मधेसमा केन्द्रीत के योजना ल्याउनुहुन्छ ?

हाम्रो पार्टीलाई अहिले जुन खाले मधेस विरोधी आरोप लगाइएको छ । त्यसलाई चिर्न आवश्यक हुन्छ । संविधानमा मधेसी, मुस्लिमको धेरै अधिकारलाई लिपीवद्ध गरिएको छ । तर त्यो कुरालाई सहि ढंगबाट बुझाउन नसक्दा अहिले एमालेमाथि आरोप लाग्ने गरेको छ । यसको भ्रम चिर्न जरुरी छ । 

अखिल पनि पार्टीको एउटा जनवर्गीय संगठन भएकोले त्यो भ्रम चिर्न आवश्यक छ । मधेसकोबीचमा हामीले संविधानमा भएका कुरा पु¥याउन आवश्यक छ । मधेसी विद्यार्थीकोबीचमा ती बिषयबस्तुलाई बुझाउनपर्दछ तर हुन सकेको छैन । मधेसमा अखिल सांगठनिक ढंगले व्यवस्थित भएको छैन ।  त्यसैले म अहिले जुन भ्रम फैलाइएको छ, त्यसलाई चिर्न सांगठनिक रुपमा योजना बनाएर मधेसमा लाग्ने छु । 

तपाईलाई प्रतिनिधीले किन भोट हाल्ने ?

अहिले अखिलको विरासत खस्किएको छ । हिजो राष्ट्रियता, जनजिविकका,  ,राजनीतिक परिवर्तन र शैक्षिक आन्दोलनको अभियन्ताको रुपमा रहेको अखिल अहिले त्यस्तो छैन । त्यसलाई जोगाउन आवश्यक छ । अर्को कुरा जनु गतिमा अखिलको अभियान हुनुपर्ने हो त्यो हुन सकेको छैन । त्यसैले यो कुरालाई स्थापित गर्न मेरो आवश्यक अखिलमा छ । 

अर्को कुरा अखिल भित्रक विकृती, विसंगति भित्रिएका छन् । आर्थिक लेनदेनमा धेरै जोडिने, नैतिक हिसावले विचलित हुने, बैचारिक हिसावले भुत्ते भएको अवस्था रहेको छ । यी सवै विकृतिलाई अन्त्य गर्न आवश्यक छ । जो मैले गर्न सक्छु । त्यसैले मलाई प्रतिनिधीले जिताउने छन् ।

अर्को कुरा दोस्रो विधान सम्मेलनमा उमेरको हदवन्दी, शैक्षिक योग्यता र आचरणको कुरा उठ्यो तर केही भएन । ती कुरा अनिवार्य लागु गराउनुपर्दछ । म पहिलो बैठकबाट नै दोस्रो सम्मेलनमा उठेका कुरालाई लागु गराउनेछु । 

महासचिव भएर अखिललाई कस्तो बनाउने योजना छ ?

अखिललाई बैचारिक विद्यार्थीको संगठन बनाउने योजना छ । संगठन भित्र मौलाएको विकृत अन्त्य गर्ने, संगठन शुद्धिकरण गर्ने र सांगठानिक र व्यक्तिगत जीवनमा देखिएका विकृती अन्त्य गर्ने योजना छ । 
खास गरि पढ्ने कुरामा हामी स्खलित छौ । संगठनको आन्तरिक पाठ्यक्रम निर्माण गरि नियमित अध्ययनलाई व्यवस्थित गदै अखिल भित्र प्रशिक्षण कार्यक्रम चलाउने योजना छ । 

शैक्षिक आन्दोलनलाई मुख्य कार्यभार बनाई अगाडि बढाउने, समानता सहित आर्थिक समृद्धिको बाटोमा मुलुकलाई डो¥याउने काम गर्नका  लागि संगठन हाक्ने  पहल कदमी हुने छ । 

इतिहास भजाएर खाने परम्परा अखिलमा रहेको छ । इतिहासमा यस्तो उस्तो गरेको भन्ने तर नयाँ र  रचनात्मक काम नगर्ने परिपाटी रहेको छ । त्यसैले अखिलमा पुरानो ढर्रा होइन नयाँ सोच,नयाँ ढंगले इतिहास रच्ने गरि शैक्षिक आन्दोलनलाई अगाडि बढाउन आवश्यक छ ।

दुबै गुट उस्तै छ भनछन्, कतिको बलियो तपाईहरुको टिम ?

समूहको हिसावले धेरै नेताहरु हामीसंग छन् । समग्र ढंगले हामी क्रियाशिलता, योग्यता, वैचारिक हिसावले नेतृत्व लिनसक्ने छौं । आम कार्यकर्ताकाबीचमा लोकप्रिय साथीहरु हामीसंग हुनुहुन्छ । जसका कारणले हाम्रो टिम नै विजयी हुन्छ । 

अखिल प्रति सन्तुष्ट हुुनुहुन्छ त ?

केही असन्तुष्टि रहेको छ । जुन ढंगले विद्यार्थीको संगठन बन्नुपर्ने हो त्यो हुन सकेको छैन । अखिल भित्र विकृति, विसंगति भित्रिएका छन् । सांगठनिक अराजकता,नैतिक आचारण लगायतका समस्या रहेका छन् । तर तीनलाई समाधान गर्ने क्षमता हामीसंग मात्र छ । 

 हाम्राबीचमा विचार र क्रियाशिलतामा पक्कै पनि ह्रास आएको छ । एजेण्डालाई सहि ढंगले समात्न सकेका छैनौ । आज शिक्षा क्षेत्रमा धेरै खाले समस्याहरु छन्, जसको चपेटामा विद्यार्थीहरु दिनानुदिन पिरोलिइरहेका छन् । तर हामीले विद्यार्थी आन्दोलनको नेता संगठनलाई सहि ढंगले चलाउन सकेका छैनौ । अव सिङगो संगठनको ध्यान त्यसतर्फ केन्द्रीत गर्ने, आम विद्यार्थीलाई गोलबन्द गदै शैक्षिक क्रान्तिको नेतृत्व अखिलले स्थापित गर्ने छ ।





0 comments

Write Down Your Responses