Powered by Blogger.
दलितका अधिकारबारे सचेतीकरण

हेटौंडा,४ असार / संविधानमा उल्लेख भएका दलित समुदायको अधिकारका विषयमा जानकारी गराउने उद्देश्यका साथ आज हेटौंडामा “दलित समुदायको शैक्षिक, सामाजिक, आर्थिक तथा बौद्धिक विकासको लागि जनचेतनामूलक सचेतना कार्यक्रम” सम्पन्न भएको छ ।
नेपालको संविधानमा दलित समुदायको लागि व्यवस्था गरिएको हक अधिकार, शिक्षा, स्वास्थ्य तथा रोजगारीमा व्यवस्था भएका हक प्राप्तिका लागि दलित समूदायको भूमिका लगायतका विषयमा कार्यक्रममा सहजीकरण गरिएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, २, ३, १० र ११ का सहभागीहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा दलित आन्दोलनका अगुवाहरु गणेश विश्वकर्मा, रामकृष्ण देउला, गोपिलाल विश्वकर्मा, जंग बहादुर विश्वकर्मा, पवित्रा विश्वकर्मा, रत्नलाल विश्वकर्मा लगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा रामकुमार सुनार, मिलन परियार, विष्णु परियार, जीवन सिलवाल, गोविन्द विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दलित वर्ग उत्थान नगर समन्वय समितिको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा दलित वर्ग उत्थान नगर समन्वय समितिका अध्यक्ष गणेश रसाईलीको सभाध्यक्षता रहेको थियो । कार्यक्रमका सहभागीहरुलाई आफ्ना अधिकारबारे सचेत पार्दै सहजकर्ताहरुले जातीय आधारमा विभेद गरेको घटनामा सबै दलित एकजुट भई अन्यायका बिरुद्ध लाग्नुपर्ने बताएका थिए । छुवाछुत जस्तो जघन्य अपराध तथा जातीय आधारमा गरिने विभेदका बिरुद्ध कानूनी रुपमा आफू सचेत भई समस्या पर्दा सशक्त रुपमा आवाज उठाउन दलित आन्दोलनका अगुवाहरुले कार्यक्रमका सहभागीहरुलाई आग्रह गरेका थिए ।
तस्वीरमाः कार्यक्रममा मन्तव्य राख्दै जंगबहादुर विश्वकर्मा, कानूनी प्रावधानबारे जानकारी दिनुहुँदै रामकृष्ण देउला, कार्यक्रमका सहभागीहरु ।

0 comments

Write Down Your Responses