Powered by Blogger.
पर्यटकीय सम्भाव्यतालाई उजागर गराउन दोस्रो थाहा महोत्सव


हेटौडा, ४ असार । ‘कृषि, पर्यटन पूर्वाधार, आर्थिक विकासको मुल आधार’ भन्ने नाराका साथ उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भदौ ३० गते देखि ८ गते सम्म दोस्रो थाहा महोत्सव हुने भएको छ ।

महोत्सवबारे जानकारी दिन हेटौडामा आयोजित पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका महासचिव सुरेन्द्रमान प्रधानले थाहा नगरपालिका स्थित वडा नम्मर ७ इन्द्रायणी चौरमा हुन लागेको  थाहा महोत्सवबारे जानकारी दिँदै स्थानीय उत्पादनको प्रदर्शन र कृषि पर्यटनको विकासका साथ उत्तरी मकवानपुर थाहानगर र आसपासका क्षेत्रका पर्यटकीय सम्भाव्यतालाई उजागर गराउने उदेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको बताए । 

महोत्सवमा २ लाख २० हजार बढि दर्शकले अबलोकन गर्ने र ६ करोड रुपैंया बढिको कारोबार हुने अपेक्षा गरिएको छ । थाहा उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले उत्तरी थाहानगर तथा आसपास क्षेत्रले आफैँमा धेरै पर्यटकीय सम्भावना बोकेको बताउदै राज्यले पर्यटन विकासको लागि थोरै लगानी गरे मात्र पनि उक्त क्षेत्र दार्जिलिङ र सिक्कीम भन्दा पनि राम्रो हुने बताए ।

महोत्सवमा दर्शकको मनोरञ्जनका लागि राष्ट्रिय ख्याति प्राप्त कलाकारको दैनिक प्रस्तुति रहनुका साथै नृत्य र गायन कला प्रस्फुटन गर्ने उद्देश्यले थाहा आईडल र  एकल नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ  ।  विभिन्न भेषभुषा तथा लोप उन्मुख बाजागाजा सहितको झाँकी प्रर्दशनी, कृषि सम्वन्धी विभिन्न प्रकार सामाग्री, रोमाञ्चकारी पैदल यात्रा, नौका विहार, रोमाञ्चकारी पौडी, हस्तकलाका सामाग्री, हिमालय,सुर्योदय र सुर्यास्तको दृष्यावलोकन महोत्ससवको प्रमुख आकर्षण रहने बताइएको छ । साथै  महोत्सवमा हेलिकप्टरबाट उत्तरी क्षेत्र अवलोकन, इन्द्रसरोबर तालको अवलोकन समेत ब्यवस्था गरिएको जनाईएको छ । महोत्सवमा करिब ६३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

महोत्सव मार्फत लोक संस्कृतिको जगेर्ना गर्ने, हस्तकला व्यवसायको प्रवद्र्धन गर्ने, व्यावसायिक चेतना अभिवृद्धि गर्ने, आन्तरिक एवम् बाह्य पर्यटन प्रवद्र्धन गर्ने, सूचना प्रविधिबारे जानकारी गराउने, स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्ने एवम् उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्ने सोच राखिएको छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र एक जिल्ला एक उत्पादन कार्यक्रमका गतिविधिहरुको जानकारी सहित प्रदर्शनी साथै महोत्सवको समयमा थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको विभिन्न खालका लेख रचना समेत राखिने आयोजकले बताएका छन् ।

महोत्सवको प्रवेश टिकट शुल्क रु ४० र विद्यार्थी, वृद्धवृद्धा, अपाङ र एकल महिलाको लागि रु २० रहने जनाएको छ । पत्रकार सम्मेलनमा मकवानपुर उद्योग वाणिजय संघका महासचिव महेन्द्र राउत, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट लगायतको उपस्थिती रहेको थियो ।




0 comments

Write Down Your Responses