Powered by Blogger.
चित्लाङ चन्द्रागिरी सडक स्तरोन्नती गर्ने मन्त्रीपरिषद बैठकको निर्णय


काठमाडौं, ११ कात्तिक । सरकारले बहुप्रतिक्षीत चित्लाङ चन्द्रागिरी सडकको स्तरोन्नती गर्ने भएको छ । 

बिहिबार सम्पन्न नेपाल सरकार मन्त्रीपरिषद्को  बैठकले चित्लाङ–थानकोट गणेशमान मार्गको स्तरोन्नति गर्ने निर्णय गरेको हो । उक्त सडक सडक विभागले रातो कितावमा पारेर नियमीत मर्मत संभार गर्दै आएको थियो । अहिले छुट्टै परियोजना अन्तर्गत त्यसको डिपीआर तयार भइसकेको छ ।  

काठमाण्डौंसंग जोडिएको मकवानपुरको चित्लाङ गाविसबाट चन्द्रागिरी नगरपालिका स्थित थानकोटसम्मको गणेशमान मार्ग स्तरोन्नती भएपछि टिष्टुङ पालुङवाशीलाई काठमाडौं छिर्ने सबैभन्दा छोटो नाका हुनेछ । उक्त सडक भएर चित्लाङबाट १७ किलोमिटरमा गोदाम आइपुग्न सकिन्छ । 

गणेशमान मार्ग उत्तरी मकवानपुरलाई काठमाण्डौंसंग जोड्ने सबैभन्दा छोटो सडक मार्ग हो । 



0 comments

Write Down Your Responses