Powered by Blogger.
टिस्टुङ बज्रबाराही नेवा पुचःद्धारा बाजा गुरुको सम्मान


काठमाडौं, २ कात्तिक । टिस्टुङ बज्रबाराही नेवा पुचःले दशैंको अवशरमा नेवारी परम्परागत बाजागुरुहरुको सम्मान गरेको छ । 

बाजा बजाउने बाजागुरुहरुको भेला गरी पुःचको तर्फबाट बाजा दिएरै सम्मान गरिएको हो । कार्यक्रममा संस्थाको अध्यक्ष नरेशमान सिंह (जुरलाल) लगायतको सहभागिता थियो । उनीहरुले बाजा गुरुको हातबाट विजया दशमीको टिका तथा जमरा समेत ग्रहण गरेका थिए ।

गुरुहरुद्धारा कला, संस्कृतिका साथै भाषाको जर्गेनाको पहल गरिएको भन्दै उहाँहरुको पुःचले सधैं उच्च सम्मान गर्ने अध्यक्ष नरेशमान सिंहले जानकारी दिनुभयो । 







0 comments

Write Down Your Responses