Powered by Blogger.
आर्थिक पत्रकारले पाए ‘एचविएल सेजन फेलोसिप’


काठमाडौं । ०७४ सालको सेजन अवार्ड कान्तिपुर एफएमका किरण अधिकारी र हिमाल खवर पत्रिकाका रमेश कुमारले पाएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आफ्नो १९ औ स्थापना दिवसको अवसर पारेर दुईजना पत्रकारलाई सेजन अवार्ड प्रदान गरेको हो । साथै सोही अवसरमा चार जना आर्थिक पत्रकारलाई एचबिएल फेलोशिपका लागि छनौट गरिएको छ ।

सेजन अवार्ड विजेताले प्रमाणपत्रका साथमा जनही ५० हजार रुपैयाँ समेत प्राप्त गरेका छन् । वर्षभरी उत्कृष्ट आर्थिक समाचार संम्प्रेषण गर्ने दुई पत्रकारहरुलाई सेजनले आफ्नो स्थापनाको अवसर पारेर सेजन अवार्ड दिने गरेको छ ।

त्यस्तै सेजनले यस बर्षबाट शुरु गरेका ‘एचविएल सेजन फेलोसिप’ ४ जना आर्थिक पत्रकारले प्राप्त गरेका छन् । जसमध्ये अनलाईन विधाबाट नेपाली पत्र डटकमका उद्धव थापा, टेलिभिजनबाट अर्थको अर्थकी सुनिता कार्की, छापा विधा नेपालीमा नयाँ पत्रिकाबाट विनय बञ्जरा र अंग्रेजीमा रिपव्लिकाका सागर घिमिरेले  ५० हजार रुपैयाँको ‘एचविएल सेजन फेलोसिप’ पाएका हुन् ।

0 comments

Write Down Your Responses