Powered by Blogger.
अनलाईन मिडिया सञ्जाल, मकवानपुर गठन

हेटौँडा,२१ मंसिर /  मकवानपुरबाट सञ्चालनमा आएका अनलाईन मिडियाहरुको सञ्जालको रुपमा  ‘अनलाईन मिडिया सञ्जाल मकवानपर’ गठन भएको छ । मंगलबार हेटौँडामा भएको अनलाई मिडियाकर्मीको भेलाले खबरब्रेक डटकमका सम्पादक धर्मेन्द्र दाहालको संयोजकत्वमा १३ सदस्यीय अनलाईन मिडिया सञ्जाल मकवानपुरको तदर्थ समिति  गठन गरेको हो ।
सञ्जालको सदस्यहरुमा थाहा पोष्टका प्रधान सम्पादक रामजी बलामी, विकास खबर डटकमका  सम्पादक सुरजकुमार भुजेल, डेस्क सम्पादक रामकुमार कार्की, प्रष्ट खबरका रुपेश दुलाल, भिमसेन पौडेल, हेटौँडा खबरका मनोज देबकोटा, रविन्द्र गौतम, दामन पोष्टका रुपक कालिराज,मकवानपुर खबरका जिबराज बख्रेल, खबरब्रेकका उज्जवल अधिकारी,   हेटौँडा न्युजका देबराज पन्त तथा नमस्ते अनलाईन रेडियोका ओसन पौडेल रहेका छन् ।
भेलाले २०७४ साल बैशाख महिनामा मकवानपुरको अनलाईन मिडिया सम्मेलन गर्ने निर्णय समेत गरेको छ । अनलाईन मिडिया सञ्जाल मकवानपुरलाई आधिकारितकता प्रदान गर्न दर्ता प्रक्रिया गर्नुपर्ने भएकोले रुपेश दुलालको संयोकत्वमा  ५ सदस्यीय विधान निर्माण समिति समेत निर्माण गरेको छ ।

0 comments

Write Down Your Responses