Powered by Blogger.
हेटौडामा सडक फराकिलो अभियान जारी


मकवानपुर, ५ माघ ÷ डिभिजन सडक कार्यालय मकवनपुरले आजपनि सडक फराकिलो अभियान जारी राखेपछि हेटौंडा बसोबास संरक्षण समितिले प्रदर्शन गरेको छ । 
मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको समितिको नेतृत्वमा आज पनि विहानै देखि बुद्धचोक पिपलवोट भिमफेदि बसपार्क हुदै पल्पसा सभागृहमा पुगि जम्मा भई पुनः बुद्धचोकमा आई आन्दोलनमा परिणत भएको थियो । 
¥याली पछि बुद्धचोकमा आयोजित आन्दोलनमा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले सडक फराकिलो अभियानले जनतालाई सुकुम्वासी बनाउने कार्य गरेको प्रति आपति जनाउदै क्षतिपुर्ति दिनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन । 

विक्रम सम्वत २०११ साल देखि नै बसोबास गर्दै आएको एवम् नगरपालिकाले सम्पत्ति कर लिईरहेको र सडक डिभिजन कार्यालयले भन्दै आएको २५ मीटर भित्रका घरजग्गाको लालपूर्जा व्यतिm कै नाममा रहेकोले मुआब्जा पाउनुपर्ने माग गर्दै बन्दको आब्हान गरेका बसोबास संरक्षण समतिले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग बन्नु अघि नै वसोवास गरिरहेको बताउदै विकासको नाम विनास गर्न पाइदैन,राज्यको जनता माथि दमन वन्द गर जस्ता नारा लगाउदै बसोबास संरक्षण समति सडकमा उत्रिएका थिए । 
सो आन्दोलनमा सामान्य झडप समेत भएको छ । आन्दोलनकारी ब्यवसायी र प्रहरीबिच केहि समय सामान्य झडप भएको हो । 

सडक फराकिलो अभियानको विषयमा जानकारी दिँदै डिभिजन सडक कार्यालय हेटौँडाका प्रवक्ता जयराम अधिकारीले निर्धारित कार्यक्रम अन्र्तगत राप्तिीरोेडबाट सडक फराकिलो पार्ने काम सुरु भइरहेको बताउनु भयो ।  कतैबाट पनि सडक फराकिालो पार्ने काम रोक्नु भनेर निर्देशन नआएको भन्दै यस कार्य निरन्तरता दिने डिभिजन सडक कार्यालय हेटौँडाले जनाएको छ ।
उता मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले भने बन्द तथा आन्दोलनको बिच पनि सडक फराकिलो पार्ने काम नरोकिने बताउनु भयो ।  ब्यक्तिगत रुपमा समय मागे ब्यवसायी तथा घरधनीलाई आफै घर भत्काउने समय प्रदान गर्ने बताउँदै उहाँले यो या त्यो बाहानामा सडक फराकिलो पार्ने अभियान नरोकिने बताउनु भयो । 

उता मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको हेटौँडा बसोबास संरक्षण समितिले प्रर्दशन गरिरहेको छ । 


0 comments

Write Down Your Responses