Powered by Blogger.
घनश्याम ढकाल एक इतिहास

वैरागी जेठा

थवाङको आकाशमा
राता परेवा उडिरहेथे
लुङग्रीका सपना झैँ
विचारहरू
अकाशिएर उठिरहेथे
एउटा इतिहास लिएर
सिँहदरबारमा
छिरेका वनसाङलाहरू
घनश्याम ढकालका सपनाहरू
च्यातिरहेछन्
धूलो उडाएर
आकाश छेकिरहेछ
चुनुगाउँ
वर्तमान कुर्सीमा
पलाएको दाह्राहरू
कृष्ण सेन र घनश्याम ढकालहरू
टोकीरहेछन्
बारुदहरूका
गड्याङगुडुङ
पहराहरू हल्लिएका छन्
शहर अस्तव्यस्त बनाएर
उच्छृङखल हुँकार लिएर
यात्रा गरिरहेछ
वर्तमान युग
सत्ताका खेलहरू
अनौठा अनौठा हुँदारहेछन्
मूर्दा पोल्ने ,चिहानमा बसेर
घनश्यामहरूका
इतिहासहरू खाइरहेछ
यो युग
मेरो आँखा
प्रर्दशनी मार्गको ढोकामा ठोकिन्छ
हृदय आतँकिंत बनाएर
आँसु बग्यो
सडकमा भेल बनेर
सत्ताका आँतङककारीहरू
शहर उत्तेजित बनाइरहेछ
क्रुद्ध भाकामा
घनश्याम जिन्दावाद
मेरो प्यारो ढकाल
मानवता चिच्याइरह्यो
प्रदर्शनी मार्गमा ।

0 comments

Write Down Your Responses