Powered by Blogger.
केन्द्रीय क्याम्पसमा स्ववियु हाँक्ने ल्याकत भएकैले सभापतिमा उमेद्वारी दिने विचार छ

सञ्जय कार्की सभापतिका प्रत्यासी, अनेरास्वविय, त्रिवि केन्द्रीय क्याम्पस

मकवानपुरमा जन्मिएका सञ्जय कार्की  २०६३ सालमा कक्षा ८ मा पढ्दा इन्द्रायणी मा.वि. अनेरास्ववीयु प्रा.क. सचिव भएका थिए । कार्की कक्षा १० मा प्रारम्भीक कमिटिका अध्यक्ष भए । २०६६ सालमा मकवानपुर बहुमुखी क्याम्पसका प्लस टु कमिटिका अध्यक्ष तथा क्याम्पस कमिटिका सदस्य भएका थिए । 

२०६८ सालमा हेटौडा क्याम्पस कमिटिका सहसचिव, क्षेत्रीय कमिटी सचिव तथा जिल्ला कमिटि सदस्य भए ।  २०७० सालमा हेटौडा क्याम्पस स्ववियु सभापतिमा  दाबी   गरेका थिए तर बिडम्बना चुनाब नै भएन । 

२०७१ सालमा मकवानपुर जिल्ला सचिवालय सदस्य तथा हेटौडा क्याम्पसका इन्चार्जको जिम्मेवारी सम्हालेका थिए । रेडियो आकाशगंगा ८८.५ मेगाहर्ज र रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जमा समाचार वाचक तथा कार्यक्रम सञ्चालक समेत भएर उने भूमिका निर्वाह गरे ।  

उद्घोषण कलामा समेत अब्बल रहेका कार्की विभिन्न स्टेज शो तथा कार्यक्रमहरुमा उद्घोषण पनि गर्छन् । हाल त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अङ्ग्रेजी विभागमा अध्ययन गरिरहेका कार्की अनेरास्ववीयुका तर्फबाट स्ववीयु सभापतिमा दाबेदार हुन । प्रस्तुत छ अध्यक्षका बलियो दाबेदार कार्कीसँग दामन पोष्टले गरेको कुराकानीः

आजकल के मा व्यस्त हुनुहुन्छ ? 

म विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अङ्ग्रेजीमा मास्टर्स गर्दैछु । दोस्रो सेमेस्टरमा नियमित अध्ययनरत छु । पहिलो सेमेस्टरको नतिजा भर्खर आयो, सफल भए । पढाइसँगै अहिले विश्वविद्यालयमा विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लागेको छ । 

यो विद्यार्थीहरुको लागि महान् चाड हो । यो अर्थमा विद्यार्थी हकहितको लागि लड्ने संस्था स्ववियु जुन कोमामा पुगेको छ । यसलाई बचाउने स्वर्णिम पल आएको छ । यसलाई बचाउनुपर्छ भन्ने पक्षमा वकालत गर्दै अनेरास्ववीयुको आन्तरिक र रचनात्मक कार्यक्रमहरुमा व्यस्त छु । 

विश्वविद्यालय क्याम्पसका विभिन्न विभागमा अनेरास्ववीयुको गतिविधिमा संलग्न  छु । यसपटकको स्ववीयु निर्वाचनमा अनेरास्ववीयुको तर्फबाट सभापतिको उम्मेदवार दिने तयारीमा छु । 

उम्मेदवार बन्न २८ वर्षे हदबन्दी लाग्यो । सभापतिमा उम्मेदवार दिन्छु भन्नु भो, तपाई जस्तो आलोकाँचो विद्यार्थीलाई पनि स्ववीयु चलाउने आँट छ ?  

स्मरण रहोस् विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा ब्याचलर्स पढाइ हुँदैन । जतिपनि विभाग छन् मास्टर्स पढाई हुन्छ । मास्टर्स पढिरहेका विद्यार्थीलाई तपाई कसरी आलोकाँचो भन्नुहुन्छ ? 

हामीसँग प्लस टु पास भएका साथीहरु नासु भएका छन् । प्रहरीका असई भएका छन् । व्याचलर्स पास भएका साथीहरु मा.वि. शिक्षक, इन्सपेक्टर, अधिकृत, विद्यालय निरीक्षक भएका छन् । नेपाल सरकारको सेवा गरेर देश चलाएका छन् । तपाई कसरी भन्नसक्नु हुन्छ हामी स्ववीयु चलाउन सक्दैनौं भनेर ? अवश्य सकिन्छ ।

 विद्यार्थी हकहितको लागि काम गर्ने संस्था हामी विद्यार्थीले नै चलाउने हो । त्यो ल्याकत, त्यो क्षमता, त्यो हैसियत हामीसँग छ । स्ववीयु पार्टीको परिपक्क नेताले चलाउने होइन । 

यति ठुलो केन्द्रीय क्याम्पसमा तपाईलाई अनेरास्ववीयुले स्ववियु सभापतिको उम्मेदवार बनाउँछ ? 

अनेरास्ववीयु संगठनहरुको पनि नेता संगठन हो । अनेरास्ववीयुका प्रत्येक सिपाही अरु संगठनको कमाण्डर बराबर हुन्छन् । हो तपाईले भन्नुभएको जस्तै अनेरास्ववीयुका नेताहरु विश्वविद्यालयमा धेरै छन् । तर त्रि.वि.ले स्ववियुमा उम्मेदवार बन्न २८ वर्षभन्दा कम उमेर हुनुपर्ने र नियमित अध्ययन गरिरहेका विद्यार्थी हुनुपर्ने मापदण्ड तोकेको छ । यो दुवै मापदण्ड भित्र म पर्दछु । 

हाम्रो विश्वविद्यालयमा अनेरास्ववीयुका अग्रज नेताहरु माधव पन्त, लक्ष्मण हायु, कल्पना वाइवा,  सुमनराज कार्की, प्रदिप थपलिया, प्रदिप तिमिल्सिना, भुषण सुवेदी, मदन विष्ट, लोकेन्द्र ठगुन्ना, कविन्द्र रोकाय, रमेश विष्ट, शिव धामी लगायतका नेताहरुको कोही को उमेर २८ कट्यो कोही नियमित विद्यार्थी छैनन् । 

आदरणीय अग्रज नेताहरु स्ववीयुमा उठ्ने आधार भएको भए मैले दावी गर्ने थिइन । मैले भूगोलमा अनेरास्ववीयुका काम गरेको हिसावले, विश्वविद्यालयमा अनेरास्ववीयुको आन्दोलनको हरेक मोर्चामा सहभागी भएको नाताले, विद्यार्थीमाझ लोकप्रिय भएकोले, स्ववियु चलाउने क्षमता भएकोले आमविद्यार्थीहरुको सर्मथन र त्रि.वि.का अग्रज नेताहरुको प्रस्तावमाा संगठनलाई विजयी बनाउनको लागि पनि मलाई अनेरास्ववीयुले स्ववीयु सभापतिको उम्मेदवार बनाउँछ भन्नेमा विश्वास छ । 

तपाईको संगठनमा चर्को गुटवन्दी छ, अनेरास्ववीयुले स्ववियु चुनाव जित्छ ?

तपाई केलाई गुटवन्दी भन्नुहुन्छ ? पहिलो कुरा तपाई प्रस्ट हुनुहोस् । हाम्रो सङ्गठन अनेरास्ववीयुमा कुनै गुटवन्दी छैन । हाम्रो पार्टी नेकपा (एमाले) लोकतान्त्रिक अभ्यासलाई अनुसरण गर्छ । हामी त्यही पार्टीको भातृसङ्गठन भएको हिसावले हामी पनि लोकतान्त्रिक अभ्यासलाई स्वीकार छौं । 

हो कहिलेकाही कान्छो दाईसँग रिस उठ्न सक्छ । जेठी दिदी सँग भन्दा कान्छी दिदिसँग अलि कुरा मिल्न सक्छ । तर आमाले पस्किनुभएको भात सँगै बसेर खाइन्छ । छिमेकीसँग प्रतिस्पर्धा भयो भने सिङ्गो परिवार मिलेर अघि बढिन्छ । एउटा व्यक्तिसँग अर्को व्यक्तिसँग हिड्दैमा, भेटघाट भएको बेलामा चिया खाँदैमा गुटवन्दीको रुपमा नलिदिनुहोस् । हामी अनेरास्ववीयुलाई स्ववियुमा स्थापित गर्ने पक्षमा एकताको साथ अघि बढिरहेको छौं ।

 विवाद त्यो ठाउँमा हुन्छ जहाँ विचार मिल्दैन । एजेण्डा मिल्दैन । हाम्रो विचार र एजेण्डा एउटै छ तपाई जहाँ गुटवन्दी देख्नुहुन्छ । 
त्रि.वि.का अग्रज नेताहरु एकताको साथ लागिरहनु भएको छ । अनेरास्ववीयुका साथीहरु उत्साहित छन् । अनेरास्ववीयुले विश्वविद्यालय क्याम्पसमा स्ववीयु चुनाव जित्ने कुरामा मलाई विश्वास छ । 

राजनितिमा लागेका विद्यार्थीहरुको पढाई गतिलो हुँदैन भन्छन् तपाईको त्यस्तो समस्या छ की ? 

कसले भन्छ राजनितिमा लागेका विद्यार्थीको पढाई गतिलो हुन्न, पढ्ने मान्छे नै राजनीतिमा लाग्ने हो । जसले पढेको हुन्छ, उसले बुझेको हुन्छ । बुझेको मान्छेले नै शुसासनको वकालत गर्छ । म स्कुले विद्यार्थी जीवनबाटै अनेरास्ववीयुमा आवद्ध भएको विद्यार्थी, स्कुल पढ्दा म अब्बल विद्यार्थी थिए । 

मैले सरकारी विद्यालयबाट एस.एल.सी. परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको छु । अनेरास्ववीयुको आन्दोलनमा होमिएको विद्यार्थी राजनीतिले पढाइमा प्रभाव पार्ने भए  मेरो कसरी प्रथम श्रेणी आउन सक्थ्यो ? मकवानपुर बहुमुखी क्याम्पसमा म कक्षा ११ मा शिक्षाशास्त्र संकायमा प्रथम भए । 

कक्षा १२ मा प्रथम श्रेणीमा द्धितीय भए । स्नातक द्धितीय श्रेणीमा उत्तीर्ण भए । एम.एड. प्रथम सेमेस्टरको नतिजा भरखरै आयो म सफल भए । मलाई हेरेर भन्नुस् राजनीतिमा लागेको विद्यार्थीको पढाई कसरी गतिलो हुँदैन ? 

स्ववियु निर्वाचनमा अनेरास्ववीयुलाई किन मत दिने ? 

स्ववियुको वकालत गर्ने पहिलो सङ्गठन भएकोले अनेरास्ववीयुलाई विद्यार्थीले मत दिन्छन् । पछिल्लो समय चकिँदै गएको राष्ट्रियताको मुद्दामा हाम्रो पार्टी नेकपा एमालेले खेलेको भूमिकामा अनेरास्ववीयुको ऐक्यवद्धता देखेर पनि विद्यार्थीहरुले अनेरास्ववीयुमा मतदान गर्छन् । 

हामीले उठाइरहेको मुद्दा आफुले हासिल गरेको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनपाउनुपर्ने मुद्धालाई कार्यान्वयन गराउने निमित्त पनि विद्यार्थीहरुले अनेरास्ववीयुमा मतदान गर्छन् । 

त्रिभुवन विश्वविद्यालयले दोहोरो विद्यार्थी उत्पादन गरिरहेको छ । केन्द्रिय क्याम्पस पढ्ने विद्यार्थीले सेमस्टर पढ्ने आङ्गिक क्याम्पसमा पढ्ने विद्यार्थीले वार्षिक रुपमा परीक्षा दिनुपर्ने बाध्यता छ । यसप्रकारको समस्याको निराकरण र समतामुलक शिक्षाको लागि पनि विद्यार्थीहरुले अनेरास्ववीयुलाई मतदान गर्छन् । 

त्रि.वि.को शैक्षिक क्यालेण्डरको पूर्ण कार्यान्वयन गराउनको लागि पनि अनेरास्ववीयुमा मतदान गर्छन् । विश्वविद्यालय र क्याम्पसमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको रोजगारी सृजना गर्ने निति निर्माणमा जोड पनि विद्यार्थीले अनेरास्ववीयुमा मतदान गर्छन् । परीक्षा प्रणाली सु व्यविस्थत गराउन पनि अनेरास्ववीयुलाई स्वीकार निर्वाचनमा मतदान गर्छन् । त्यस्तै पिछडिएको, द्धन्दपिडित महिला, आदिवासी मधेशका विपन्न समुदायका विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरी विश्वविद्यालय शिक्षामा त्यस समुदायको पहँच वृद्धि गर्नेपनि स्ववीयु निर्वाचनमा विद्यार्थीले अनेरास्ववीयुलाई मतदान गर्छन् ।

अनेरास्ववीयु नेतृत्वमा भएको यातायातमा ४५ प्रतिशत छुट, स्वास्थ्य र मनोरञ्जनमा ५० प्रतिशत विद्यार्थी सहुलियत हाम्रो उपलब्धी हुन् । विनाशकारी भूकम्पपछि सयौं विद्यालयको मर्मत संभार तथा पुर्ननिर्माण गरी दुखको घडीमा खेलेको स्वयमसेवी भुमिका सबैको सामु प्रष्ट   छ । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आन्दोलन, नाकावन्दी विरुद्धको शसक्त प्रतिरोध आन्दोलन लगायतको अनेरास्ववीयुको भुमिका हेरेर पनि विद्यार्थीहरुले स्ववीयु निर्वाचनमा अनेरास्ववीयुमा मतदान गर्छन् ।




0 comments

Write Down Your Responses