Powered by Blogger.
एमालेको हेटौंडा २ र ६ मा चुनाबी सभा र ¥याली

हेटौंडा, २३ बैशाख / नेकपा एमाले हेटौंडा उपमहानगर पालिका वडा नम्बर– २ मा आज ¥याली तथा चुनाबी कोण सभा भएको छ । १९ बर्ष पछि हुन लागेको स्थानिय तह निर्वाचनको रौनक स्पष्ट सँग देखिाएको थियो । घर दैलोमा रहेका स्थानिय निकाय निर्वाचनमा मत माग्नका लागि पुगेका उपमहानगरका मेयरका उमेद्वार हरीबल महत र मिना लामालाई मतदाताहरुले टिका तथा खादा लगाएर शुभकामना दिएका थिए ।
     उमेदवारलाई बिजयको शुभकामना दिंदै नगरको समुन्नत बिकास र स्थानियको जिवन स्तर सुधारमा भुमिका निर्वाह गर्न स्थानियहरुले आग्रह गरेका थिए । स्थानिय तहको निर्वाचनले बिकासको ढोका खोल्ने भएकाले निर्वाचन आवश्यक रहेको पनि उमेदवार समक्ष बताएका थिए । हेटौंडाको चौकिटोलबाट सुरु भएको ¥याली भिमफेदी बसपार्क रोड, उद्योग बाणिज्य संघ, पिपलबोट, पुरानो मकवानपुर रोड, कान्तिराजपथ, हरीकुञ्ज रोड, देबीपथ, संगमचौक, मानसचौक, मनकामना चौकलगायतको परीक्रममा गरेको थियो । ¥यालीपछि मानसचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै मेयरका उमेद्वार हरीबल महत र उपमेयरका उमेद्वार मिना लामाले हेटौंडा नगर बिकास नै आफ्नो प्रमुख एजेण्डा भएको बताए । कार्यक्रममा वडाध्यक्षका उमेद्वार हरीबहादुर राउत सदस्यका उमेद्वारहरु सुमित्रा सुनार, रेणु गुरुङ, रामकृष्ण तिमल्सीना र महेश्वरमान श्रेष्ठलगायतले २ नम्बर वडा बिकासका लागि एमालेले जित्नुपर्ने बताए ।
यसैगरी नेकपा एमाले हेटौंडा ६ ले पनि बिशाल आमसभा तथा ¥यालीको आयाजना गरेको छ । हेटौंडा ६ नम्बर वडाको बिभिन्न स्थान परीक्रमा गरी गौरीटारमा आमसभाको आयोजना गरेको हो । आमसभामा हेटौंडा उपमहानगरपालिकाका मेयर पदका उमेद्वार हरीबल महत, एमाले सचिबालय सदस्य श्रीधर पोख्रेल, युवासंघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाई, ६ नम्बर वडाध्यक्षका उमेद्वार गणेशबहादुर दुलाललगायतले एमालेको जित सुनिश्चित भएको बताएका थिए । कार्यक्रममा सदस्यका उमेद्वारहरु कल्पना बिश्वकर्मा, प्रिया ढुंगाना, रामहरी राई र बलराम अधिकारीलगायत भोट माग्दै ¥यालीमा सहभागि भएका थिए ।

0 comments

Write Down Your Responses