Powered by Blogger.
अवसरको प्रयोग र चुनौतीको सामना नै त्रिविको सेमेस्टर प्रणाली


मदन विस्ट
परिवर्तन विकासको अपरिहार्य नियम हो । जसले यस नियमलाई स्वीकार गर्न सक्दैन कि ऊ बिलाएर जान्छ वा अस्तित्वहीन भएर जान्छ । परिवर्तनलाई आत्मसाथ गर्नको लागि मानिसले विभिन्न ज्ञान, संज्ञान, सीप, क्षमता र प्रविधि विकास गरेको हुन्छ । 

मानिस स्वभावैले एक सामाजिक प्राणी भएको हुँदा समाजमा बस्न, बाँच्न र परिवर्तनअनुसार चल्न उसलाई संज्ञानात्मक, मूल्य व्यवस्था र अन्तरक्रियात्मक सामाजिक व्यवस्था चाहिन्छ । त्यसको पहिलो वा आधारभूत आवश्यकता शिक्षा हो । 

साधारणतया शिक्षा औपचारिक र अनौपचारिक रूपमा छुट्याइएको हुन्छ । औपचारिक बढी संज्ञानात्मक ज्ञान तथ्य र कथ्यहरूले भरिएको हुन्छ भने अनौपचारिक शिक्षा बढी व्यावहारिक अन्तरक्रियात्मक र सूचना प्रदान प्रमुख हुन्छ । विश्वविद्यालय एक शैक्षिक संस्था जसले माथिबाट तल (टप–डाउन) शिक्षाको प्रसार गर्दछ साथै यसले निम्नानुसार कार्य  गर्दछ ः 

दीक्षित गर्ने  ः विश्वविद्यालयले व्यक्ति, समूह, समाज, समुदाय, राष्ट्र–राज्य र विश्वपरिवेशलाई कस्तो प्रकारको सीप भएको मानव संशाधन चाहिएको छ त्यसलाई आपूर्ति गर्ने त्यसै अनुसारकको संज्ञानात्मक र अन्तरक्रियात्मक ज्ञानको आयामबाट मानव संशाधन विकास गर्दछ । जुन मानव संशाधनले राज्य र समाजको सम्मिलीकरण (इन्टिग्रेसन) र नियमन (रेगुलेसन) गर्न मद्दत र्गछ र साथै एक नियमनकारी व्यवस्थाको सिर्जना गर्दछ । 

अनुसन्धान ज्ञानको खोजी गर्ने ः विश्वविद्यालयले गरेको शोध, खोज, अनुसन्धान, विश्लेषण र निष्कर्षले निकालेका तथ्यपरक ज्ञानले समाज, राष्ट्र–राज्य र सम्पूर्ण मानव जातिलाई नै सकारात्मक परिवर्तन, समस्या साधान र परिणाममुखी ज्ञान निर्माण गर्दछ । जसको आधारमा विश्वविद्यालयका मूल्य मान्यता र परम्परामा आधारित रहेका हुन्छन् । 

व्यक्ति, समूह, समाज, समुदाय, राष्ट्र राज्य, क्षेत्रीयता र विश्व व्यवस्थालाई हाँक्ने नेतृत्व प्रदान गर्ने ः विश्व विद्यालयले सूक्ष्म तहदेखि बृहत् तह–तप्का सम्म रहेका संरचना प्रवृत्तिमा नेतृत्व प्रदान गर्ने ज्ञान, संज्ञान अन्तरक्रिया र परीक्षणबाट नेतृत्व विकास गरेको हुन्छ । चाहे त्यो सूक्ष्म तहको वडा कार्यालयको नेतृत्वदेखि राष्ट्र–राज्य तहको कार्यकारिणी नेतृत्वसम्म पुग्न प्रत्यक्ष वा अप्रत्यक्ष प्रश्रय दिने काम गर्दछ । त्यस्तो नेतृत्वदायी जनशक्ति उत्पादन गर्ने एक मात्र केन्द्रको रूपमा विश्वविद्यालयलाई लिने विश्व दृष्टान्त रहेको पाइन्छ । 

नेपालको शिक्षा प्रणाली 
नेपालको शिक्षा प्रणाली परम्परा र सामाजिक व्यवस्था सँगसँगै पश्चिमी नमूनाको नक्कल लिएर गएको पाइन्छ । मूल्य मान्यता संस्कृति र परम्पराअनुसार नेपाली शिक्षा प्रणाली “बुढो मरे भाषा सरे”, “धावन्ते खेती, सेवन्ते राजा र घोकन्ते विद्या”मा आधारित रहेको छ र पाउँदछौं । तथापि तथाकथित पश्चिमा आधुनिक शिक्षा प्रणालीको अनुसरणबाट नेपालमा संज्ञात्मक र आचरणात्मक ज्ञान, सीप र क्षमताको विकासमा टेवा हुने गरी नक्कल नमुना लागु गरियो । त्यस्ता ज्ञानको कारण ठीमाहा प्रवृत्तिको हावी हुनाले नेपाली शिक्षा प्रणाालीको संख्यामा प्रगति ग¥यो त भयो तर गुण र सारमा प्रगति हुन सकेन । जसको कारण शिक्षाले सोचेअनुसारको प्राविधिक जनशक्ति उत्पादन गर्न सकेन । 

विश्वविद्यालय सेमेष्टर प्रणााली 
वार्षिक प्रणााली एक विद्यार्थी उन्मुख परम्परा र आधुनिक ज्ञानको संयोग मानिन्छ । जसमा वर्षभरि एक विद्यार्थीलाई उसले लिएको प्रणालीतात्मक र व्यवहारलाई ज्ञान दिएको हुन्छ । यो विषय औपनिवेशिक परम्परामा आधारित शिक्षा प्रणाली हो जसले शिक्षा आर्जनलाई समय संज्ञानसँग महत्व राख्दछ । यसले परिवर्तन क्रमबद्ध र विस्तारै समयक्रम अनुसार हुने प्रक्रिया हो भनी यो बढी स्वीकार गर्दछ । 

यसका गुणहरूमा विद्यार्थी केन्द्रित हुन्छ, बढी प्रजातान्त्रिक, ज्ञानको वृद्धि गुरु र विद्यार्थीको आपसी समधुरीबाट निस्कन्छ भन्ने मान्यता राख्छ । यसका अवगुणहरूमा समयको बरवादी विद्यार्थी छाडातन्त्रमा हावी र यो एक संज्ञान शिक्षा प्रणाली व्यवस्थाका आधरामा (Cognitive knowledge) को आधारमा रहेकोले यसमा अरू चरहरूको अध्ययन कम हुने हुँदा परिवर्तनलाई आत्मसात गर्न त्यति सक्दैन । 

साधारणतया सेमेस्टर भनेको १ वर्षको समयलाई दुई सत्रमा विभाजन गरिएको भन्ने बुझिन्छ । यो शिक्षक विद्यार्थीको अन्तरक्रियात्मक ज्ञान र सम्बन्धलाई प्रश्रय दिन निकालिएको शोध मुलुक प्रणाली हो । यसले cognitive and non-cognitive skill लाई बढी जोड दिन्छ । सहभागिता, अन्तरक्रिया, दैनन्दिनी प्रस्तुति निश्चित समय अवधि र प्रतिस्पर्धा विद्यार्थीभित्रै रहेर विद्यार्थी अन्तर हुने हुँदा यसमा विद्यार्थी बढी चनाखो, मूल्यमान्यतामा आधारित र विषयवस्तुमा पोख्त हुने हुन्छ । तर यो अन्तरक्रियात्मक हुने हुँदा जसले विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुग्दछ । यसले दुवै विद्यार्थी र शिक्षकलाई बढी जिम्मेवार र जवाफदेही बनाउँदछ । यसले समयको ज्ञान बोध गर्दछ । यसले निश्चित समय अवधि(Synchronic)लाई महत्वपूर्ण ठान्दछ । जसको कारण वस्तुवादी वर्तमान ज्ञानमा टेवा पुग्दछ । तर यो एउटा बढी लादिएको ज्ञान, सीप र क्षमता उन्मुख भएकोले विद्यार्थी शिक्षक दुवै व्यक्तिगत सोचाई उन्मुख हुन्छन् । शिक्षकलाई यसले बढी व्यक्तिवादी (मै हुँ) Subjective Decision उन्मुख  गराउँदछ । जसको कारण शिक्षाको स्रोतमा नै नराम्रो असर  परी प्रणालीमा घात पु¥याउन सक्दछ । 

यो व्यक्तिवादी सोचबाट हावी छ । यसमा विद्यार्थीहरू प्रणाली र शिक्षकको प्रवृत्तिबाट सधैं त्रसित रहनुपर्ने अवस्था हुन्छ । समय अभावका कारण अनुसन्धानात्मक कार्यको लागि यो अनुपयुक्त छ । यो बढी संकुचित शिक्षा प्रणाली हो । 

चुनौतीहरू र यसका अवसरहरू
नेपाल एक प्रजातान्त्रिक राज्य भएकाले विश्वविद्यालयले अपनाइएको वार्षिक प्रणाालीको सट्टामा यो सेमेस्टर प्रणालीले नेपाली विद्यार्थीहरूलाई अवसर र चुनौती दुबै दिएको छ । यसले तार्किक विद्यार्थीहरूको उत्पादन गर्न सहयोग पुग्दछ । समय अवधि र समयको ज्ञान बोध यो प्रणालीले सिकाउँदछ । जसको कारण विद्यार्थीले निश्चित समयभित्र निश्चित ज्ञान सीप क्षमताहरू सिक्दछन् । विशेष गरी यो प्रणालीले अन्तरक्रियामा जोड दिने हुनाले मानवीय गुणलाई यसले बढावा दिन्छ र सामाजिक समन्वय कायम गर्न सजिलो हुन्छ । समग्रमा सेमेस्टर प्रणालीले एक विद्यार्थीलाई राष्ट्र राज्यको सामाजिकीकरण र मानव संशाधनमा योग्य हुन र विशिष्टीकृत गर्न सहयोग पु¥याउँछ । 

जहाँ सम्भावना हुन्छ त्यहाँ चुनौती हुन्छ । सेमेस्टर प्रणालीको अवसर हुँदाहुँदै यसका विश्वविद्यालयमा विभिन्न चुनौती छन् ः प्रशासनिक चुनौती, भौतिक पूर्वाधारको चुनौती, अशक्त शिक्षकहरूको चुनौती, द्वन्द्व बढाउने, वस्तुगत निर्णयको ज्ञान कम भएका शिक्षकहरूको उपस्थिति, आर्थिक समस्या, राजनैतिक कारण, रोजगारी समयको अभाव । आदि यसका चुनौतीहरू हुन् । 

विश्व परिवर्तन उन्मुख छ । परिवर्तन त्यतिबेला मात्रै स्थापित र दिगो हुन्छ जब परिवर्तन चाहाने र परिवर्तनलाई समीक्षा गर्ने बीच तादात्म्यता मिल्दछ । विश्वविद्यालय एक ज्ञान, संज्ञान, सीप, क्षमता शोधखोज र अनुसन्धानको मुख्य स्रोत हो । जसले व्यक्ति, समूह, समाज समुदाय राष्ट्र राज्यलाई आवश्यक पर्ने, ज्ञान र मानव संशाधन निर्माण गर्छ । वार्षिक प्रणालीको तुलनामा सेमेस्टर प्रणाालीले यी कुराहरूलाई बढी प्राथमिकता दिन्छ । तर ती प्राथमिकतालाई केन्द्रमा राख्नको लागि अवसरहरूलाई प्रयोग गरी चुनौतीहरूको सामना गर्नुपर्दछ । 

(लेखक अनेरास्ववियु त्रि.वि. केन्द्रीय क्याम्पस कमिटीका अध्यक्ष हुन् ।)

0 comments

Write Down Your Responses