Powered by Blogger.
लियो क्लब अफ पिस थाहालाई दुई अवार्ड



काठमाडौं । लियो क्लब इन्टरनेशनल जिल्ला परिषद ३२५ बि १ को  अकार्ड सेरेमनी, डिस्ट्रिक्ट इन्स्टलेशन एवम् फस्ट काउन्सिलिङ मिटिङमा सहभागिता जनाउन प्रदेश नं. ४ को बागलुङ पुगेको लियो क्लब अफ पिस थाहाले दुई बिधामा अवार्ड हात पर्न सफल भएको छ ।

बाग्लुङमा रहेको लियो क्लब अफ बागलुङ कालिकाको आतिथ्यतामा बागलुङमा  ३१ भदौदेखि र १ असोजसम्म भएको दुई दिने कार्यक्रममा फस्ट रजिस्ट्रेशन र बेस्ट व्यानरको अवार्डबाट लियो क्लब अफ पिस थाहा सम्मानित भएको हो । कार्यक्रममा लियो क्लब अफ पिस थाहाले गरिरहेका कामहरुको र छोटोे समयमा नै ठुलो सफलता हात परेको भन्दै क्लब अध्यक्ष अनित बिष्ट र लियो क्लब अफ पिस थाहाको उच्च प्रशंसा भएको थियो ।

कार्यक्रममा ६६ वटा लियो क्लबका प्रतिनीधि सहभागी थिए । एक भव्य समारोहबीच कार्यक्रम संयोजक भुवन कँडेल, पास्ट मल्टिपल प्रेसिडेन्ट अशोक पौडेल र डिस्ट्रिक्ट प्रेसिडेन्ट राजेन्द्र बरालले सम्मान गरेका थिए  । थाहानगरका नवयुवाहरु लियो क्लबमा आवद्ध भएर जिल्ला बाहिर अवार्ड पाएको यो पहिलो हो ।

अवार्ड पाएपछि क्लब अध्यक्ष विष्टले लियो मार्फत् सामाजिक कार्यका लागि अझ हौसला मिलेको प्रतिक्रिया दिए । 

कार्यक्रममा अध्यक्ष विष्ट, प्रथम उपाध्यक्ष गणेश बिष्ट, सचिब गणेश खत्री, कोषाध्यक्ष मनिषा बस्नेत, द्वितीय उपाध्यक्ष अनिता बिष्ट, तृतीय उपाध्यक्ष सिम्रण खड्का, सहकोषाध्यक्ष स्वेच्छा श्रेष्ठ, सचेतक सुष्मा बिष्ट, निर्देशक कविता बिष्ट र मिडिया संयोजक अनन्त ढकाल सहभागी थिए ।

0 comments

Write Down Your Responses