Powered by Blogger.
प्रधानमन्त्री देउबाद्धारा पालुङ घट्टेचौरमा लोकतान्त्रिक गठवन्धनको सभालाई सम्वोधन


पालुङ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाम गठबन्धनले जिते लोकतन्त्र खतरामा पर्ने बताएका छन् । 

थाहा नगरको  घट्टेचौरमा बिहिबार लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाम गठबन्धनले जितेमा लोकतन्त्रको भविश्य अनिश्चित हुने भन्दै अधिनायकवाद आउने दावी गरे । 

प्रधानमन्त्री देउवाले धेरै संर्घष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको आरोप लगाएका छन् । उनले निरकुंशता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको दावी गरे । 

मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभामा लोकतान्त्रिक गठबन्धनको विजयको लहर छाउने दावी गर्दै उनले भने –‘कम्यूनिष्टले सम्पन्न गर्न नसकेको  काठमाडौ हेटौंडा जोड्ने सुरुंगमार्ग निर्माण नेपाल सरकारले पूरा गर्ने छ ।’  उनले  अहिलेको चुनाव एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्नेबीचको चुनाव समेत भएकोले विचार पु¥याएर मतदान गर्न आग्रह गरे ।

आमसभामा उपप्रधानमन्त्री एवम् राप्रपा अध्यक्ष कमल थापाले मुलुक दुई कित्तामा विभाजित भएको भन्दै कम्युनिष्ट अधिनायकवादको खतरा बढेको बताए । 

नेपाली जनताले कुनै पनि स्वरुपको अधिनायकवाद नस्वीकार्ने भन्दै उपप्रधानमन्त्री थापाले लोकतान्त्रिक गठबन्धनले जनताको अधिकार र प्रजातन्त्रको रक्षा गर्ने बताए ।

आसन्न निर्वाचनको लागि मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कमल थापाले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनलाई कसैले हराउन नसक्ने दावी गरेका छन् । 

‘मकवानपुर अब लोकतान्त्रिक शक्तिको किल्ला हुन कसैले रोक्न सक्दैन’, उनले भने, ‘कम्युनिष्टको सर्वसत्तावादी अधिनायकवादी सत्ता स्थापना गर्ने सपनालाई तोड्न आम नेपालीहरु एक भैसकेका छन् ।  नेपाली काँग्रेसका केन्द्रीय नेता तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले  कम्यूनिष्टका चार पटक प्रधानमन्त्री हुदाँ पनि मुलुकले संविधान प्राप्त गर्न नसकेको उल्लेख गरे ।
   
नेपाली काँग्रेस मकवानपुरका निर्वतमान सभापति तथा २ नम्वर क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक रघुरमण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति इन्द्र बानीया, प्रदेशसभा उम्मेद्वार यतिराज सापकोटा, समानुपातिक उम्मेदवार पवित्रा विक, थाहानगरका उपमेयर खड्ग गोपाली, पार्टी सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, नेपाली काँग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली, राप्रपा जिल्ला सदस्य रामबहादुर घले, राप्रपा थाहानगरका अध्यक्ष हरेराम कार्की, तरुणदल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य भीमसेन महत, महासमिति सदस्य उमा दाहाल, महिला संघ जिल्ला सचिव निलम देवकोटालगायतको आतिथ्यता रहेको थियो ।




0 comments

Write Down Your Responses