Powered by Blogger.
२५ मिटरको नाममा जनताको घर भत्काउन हुन्न : डोरमणि पौडेल

हेटौँडा, ८ मंसिर । वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ख का उम्मेदवार डोरमणि पौडेलले २५ मिटर सडक हेटौँडाको बजारबाट कुनै हालतमा नजाने बताएका छन् । स्टेट भिजन प्रा।लि।द्वारा सञ्चालित तु खबर डटकमको आयोजनामा शुक्रबार हेटौँडामा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले २५ मिटर बजारभित्रबाट लान नमिल्ने बताएका हुन् ।

पत्रकार समक्ष बोल्दै उनले हेटौँडामा २५ मिटरको नाममा जनताको घर भत्काउन नपाउने र भत्काउनै परे सबैले क्षतिपूर्ति दिनुपर्ने बताए । उनले सडक ऐन आउनुभन्दा अगाडि नै हेटौँडा सिटीको विकासको भइसकोकोले सिधै डोजर लाउने पक्षमा आफु नरहेको प्रष्ट पारे । उनले बजारमा घर भत्काउनै परे सबैलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।
पत्रकार केशव समर्पणले भत्किसकेका घरको सवालमा गरेको प्रश्नमा पौडेलले सो कुरा केन्द्र सरकारले निक्र्यौल गर्ने बताए । तर मुआब्जा नदिएकालाई अब भत्काउन नपाउने र राज्यले त्यसको क्षतिपूर्ति पनि दिनुपर्ने बताए ।
कार्यक्रममा उनले विगतमा हेटौँडाको मेयर भएका क्रममा भएका विकास र आफुले गरेका कार्यहरुको वर्णन समेत गरे । उनले आफु सक्रिय सदस्य भएको भन्दै मकवानपुरको विकासको लागि विभिन्न बजेटहरु ल्याउने र विगतमा पनि त्यस्तो काम आफुले गरिसकेको बताए । साथै उनी मेयर नभएकै अवस्थामा पनि विगतमा हेटौँडाका विकासका लागि विभिन्न कार्य गरेको बताए । प्रविधिक विद्यालय तथा मेडिकल कलेजको योजना समेत उनले पत्रकार सामु  राखे ।
उनले हेटौँडा–काठमाडौँ सुरुङ मार्गको विषयलाई उठान गर्दै हेटौँडाको विकासमा सुरुङमार्गले ठूलो भूमिका खेल्ने बताए । साथै सो योजना सफल पार्नका लागि पनि वाम गठबन्धनले जित्नुपर्ने धारणा उनले राखे । नेकपा एमालेका वरिष्ठ नेता केपी ओलीले प्रस्तुत गरेका विभिन्न योजना अनुसार ती योजनाहरु सफल पार्ने स्पष्ट भिजन वाम गठबन्धनसँग मात्र रहेको दाबी गरे ।
तु खबरका सम्पादक गिरिजा अधिकारीले सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष कुमार अधिकारी, प्रेश युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस सोसाईटी मकवानपुरका संयोजक केशव समर्पण, मिडिया नेपाल मकवानपुरका अध्यक्ष जिबराज बख्रेल सहित मकवानपुरे संचारकर्मीको उपस्थिति रहेको छ ।

0 comments

Write Down Your Responses