Powered by Blogger.
हेटौंडा १६ र १७ मा बाम गठबन्धनको कार्यकर्ता भेला

हेटौंडा, २१ कात्तिक /
नेकपा एमाले मकवानपुर र नेकपा माओबादि केन्द्र ( बामगठबन्धन) को हेटौंडा १६ र १७ मा संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा बोल्दै बाम गठबन्धनबाट प्रतिनिधि क्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहालले राष्ट्र र जनताको पार्टि भनेको कम्युनिष्ट भएको बताए । उनले अब बामगठबन्धनको सरकार बनाउन आबश्यक रहेकोमा जोड दिए ।

यस्तै कार्यक्रममा बोल्दै एक नम्बर क्षेत्र प्रदेश सभा क का बाम गठबन्धनका उमेद्वार प्रेमबहादुर पुलामी छिन्तुले निर्बाचन पछि बाम सरकार निर्माण हुने बताए । निर्बाचन पछि बन्ने बाम सरकार नमुना सरकार हुने दावि गरे ।

यसैगरी भेलाले हेटौंडा १६ र १७ मा संयुक्त निर्बाचन परीचालन कमिटि समेत गठन गरीएको छ । १६ नम्बर वडामा अभिनास गजुरेलेको संयोजक र राजु दर्लामी सहसंयोजक रहने गरी ५ सय १ सदस्ययीय कमिटि चयन गरीएको हो । त्यसैगरी १७ नम्बर वडामा पनि रंगराज अधिकारी संयोजक र लक्ष्मण खुलाल सहसंयोजक रहने गरी ५ सय १ सदस्यीय परीचालन कमिटि गठन गरीएको नेकपा माओबादि केन्द्र मकवानपुरका प्रचार बिभाग प्रमुख कमासिंह पाख्रिन पृथकले जानकारी दिए ।

हेटौंडा १६ का माओबादी केन्द्रका अध्यक्ष अभिनास गजुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश सदस्य रामचन्द्र राई, बामगठबन्धनका प्रतिनिधि सभा क्षेत्र नम्बरका निर्बाचन परीचालन कमिटि संयोजक बद्रि लम्साल, सहसंयोजक भिम पाख्रिन, क्षेत्र नम्बर एक प्रदेश सभा क का संयोजक कमानसिंह पाख्रिन पृथक, सह ईन्चार्ज कमल बिष्ट, एमालेका जिल्ला सल्लाहकार भोला रुपाखेती, माओबादि केन्द्रका जिल्ला कार्यालय सदस्य बिबेक राई, माओबादि केन्द्रका सल्लाहकार कमल लामा, एमालेका जिल्ला सदस्य रामजी सापकोटा, माओबादि केन्द्र हेटौंडा १७ का अध्यक्ष सूर्य पाख्रिनलगायतको आतिथ्यता रहेको थियो ।
 भेलामा हेटौंडा १६ र १७ का नेकपा एमाले र माओबादि केन्द्रका कार्यकर्ताहरुहरुको सहभागिता रहेको थियो । 

0 comments

Write Down Your Responses