Powered by Blogger.
पालुङमा वाम गठवन्धनको वृहत भेला, रायमाझीको संयोजकत्वमा परिचालन कमिटी


पालुङ ।  आसन्न प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनका लागि थाहा नगरमा वृहत कार्यकर्ता भेला भएको छ । दुबै पाटीले संयुक्त रुपमा आयोजना गरेको भेलामा संघका उमेद्वार बिरोध खतिवडा र प्रदेशका उमेद्वार कुमारी मोक्तानले सम्वोधन गर्नुभएको थियो । 

शुक्रबार भएको थाहा भेलाले अरुण रायमाझी संयोजकत्वमा ५ सय १ सदस्यीय थाहा नगर स्तरीय निर्वाचन परिचलन कमिटि गठन गरिएको छ । कमिटिको सह संयोजकमा सानुकाजी गोपाली रहेका छन् । समितिको ३५ सदस्यीय स्टेरिङ कमिटी पनि गठन गरिएको छ ।

त्यस्तै महेश्वर सुवेदीको संयोजकत्वमा १ सय १ सदस्यीय अनुगमन समिति गठन भएको छ । समितिको सह संयोजकमा बिष्णु गोपाली चयन भएकाछन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै संघका उमेद्वार खतिवडाले अबको चुनाव जित्नका लागि मात्र नभएर बाम गठबन्धनको पाँच वर्षे स्थिर सरकारको लागि भएको बताए ।  

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका खतिवडाले मुलुकमा पटक–पटक बहुमत ल्याएर पनि राष्ट्र र जनताको हितमा काम गर्न नसकेको काँग्रेस अब पाखा लाग्ने ठोकुवा गरे । खतिवडाले भने–‘जनताले ल्याएको बहुदलीय व्यबस्था राजालाई किस्तीमा राखेर बुझाउने नेपाली काँग्रेसले कहिल्यै जनहितमा काम गर्नै सक्दैन ।’ विकासले गति लिनको लागि र राष्ट्रिय स्वाभिमान रक्षा गर्न अब बाम गठबन्धनले चुनाव लगतै बहुमतको सरकार बनाउने उनले दाबी गरे । 

उमेद्वार खतिवडाले बाम गठबन्धनका उमेद्वारलाई ढुक्क भएर मतदान गर्न आग्रह गर्दै संविधान कार्यान्वयन अब एमाले र माओवादीबाट मात्र संभव भएको उललेख गरे । बाम गठबन्धन चुनावका लागि मात्र नभएर पार्टी एकीकरण सम्मको लागि भएको उनको भनाइ थियो । 

भेलामा प्रदेश सभा क्षेत्र नम्बर २ “क” की उम्मेदवार कुमारी मोक्तानले बाम गठबन्धनलाई जिताउनका लागि ढुक्क भएर मतदान गर्नका लागि आग्रह गरिन् । उनले जनताको लागि काम गर्ने भनेको बाम गठबन्धन नै भएकोले जिताएर सघाउन आग्रह गरिन् । जनता जहिल्यै कम्युनिष्टको शासन चाहने भएकोले वामपन्थीहरुले जित्नेमा सबैलाई ढुक्क हुन आग्रह गरिन् । 

नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य विष्णुप्रसाद ढकालले गठबन्धन नहुँदा एक आपसमा भएका तिक्तता विर्सिनूपर्ने बताए । नेता ढकालले राष्ट्र, राष्ट्रियता र समृद्घिको लक्ष्यमा साथ दिन सबै कार्यकर्ताहरुलाई एकतावद्घ भएर लाग्न आग्रह गरे । उनले सूर्य र गोलाकार भित्रको ह“सिया हथौडाको झण्डा सहित चुनाव प्रचारमा गाउ“–टोलमा जान कार्यकर्ताहरुलाई निर्देशन दिए । 

कार्यक्रममा माओवादी केन्द्र पोल्य्ुटब्यूरो सदस्य सन्तोष विष्ट, नेकपा एमाले केन्द्रिय लेखा ओयोग सदस्य पि.बि. गोले, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष एवम् निर्वाचन परिचालन कमिटिका संयोजक मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् निर्वाचन परिचालन कमिटि सह–संयोहजक बलराम बल,  नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठ, नेकपा एमाले ३ नम्बर प्रदेश कमिटि सल्लाहकार ठाकुरराम खड्का, नेकपा एमाले ३ नम्बर प्रदेश कमिटि सदस्य महेश्वर सुवेदी, नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सचिवालय सदस्य एवम् वाइसिएल केन्द्रिय सचिव प्रकाश पाण्डे,  माओवादी जिल्ला पार्टी सचिवालय सदस्य विष्णु बिष्ट ‘आदर्श’ लगायतको आतिथ्य रहेको थियो ।

नेकपा माओावादी केन्द्र थाहानगर कमिटि संयोजक अरुण रायमाझीको सभाध्यक्षतामा भएको भेलामा  कार्यक्रमका सहभागीहरुलाई थाहा नगरपालिकाका नगर प्रमुख तथा माओवादी जिल्ला कमिटि सदस्य लवशेर विष्टले स्वागत गरेका थिए भने कार्यक्रम सञ्चालन विमलकुमार ढकालले गरेका थिए । 




0 comments

Write Down Your Responses