पर्यटन प्रवद्र्धनका लागि ‘इन्द्रसरोवर काव्य उत्सव’, शुक्रवार पुर्वप्रधानमन्त्री खनालले उद्घाटन गर्ने
काठमाडौं । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाँउपालिकामा ‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ हुने भएको छ । फागुन १८ गते साँझ हुने उक्त काव्य उत्सवको एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले समुद्घाटन गर्नुहुने भएको छ ।
मुलुककै सबैभन्दा ठुलो मावनिर्मित ताल इन्द्रसरोवरको प्रचारप्रसार गर्न काव्य उत्सव गरिन लागेको हो । पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने र सहित्य पर्यटनको विकास गर्ने उद्देश्यले कुलेखानीमा काव्य उत्सव गरिन लागेको हो । इन्द्रसरोवर गाउँपालिकाको आयोजनामा हुने सो काव्य उत्सव ऐतिहासिक हुने गाँउपालिका अध्यक्ष जीवन लामाले बताए ।
एमालेका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनाल |
पर्यटनका लागि साहित्य भन्ने नारा सहित कार्यक्रम हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन पुनले जानकारी दिए ।
काठमाडौसंग जोडिएको क्षेत्र भएपनि सोचेजस्तो पर्यटन प्रवद्र्धन नभएकोले उत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
ओझेलमा परेको ठाउँलाई साहित्यको माध्यमबाट प्रचारमा ल्याउन काव्य उत्सव आयोजना गरिएको स्थानीय वासिन्दा बताउँछन् ।
कार्यक्रममा देशका विभिन्न स्थानबाट कविहरुको सहभागिता रहने बतायएको छ । काव्य उत्सवको अवसरमा माविस्तरीय कविता प्रतियोगिता, डुङ्गामा दीप प्रज्वललन तथा डुङ्गामै संगितसंगै कविता वाचन, मकवानपुरको पर्यटन र साहित्यमा अवसर, चुनौति र संभावना विषयक कार्यपत्र प्रस्तुती समेत गरिने भएको छ ।
काव्य उत्सवको अवसरमा ताल किनारामा कविता वाचनको कार्यक्रम समेत तय भएको छ । सो कार्यक्रमले इन्द्रसरोबरको चर्चा र प्रचार राष्ट्रिय स्तरमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत हुने अपेक्षा गरिएको स्थानीय समाजसेवी तथा राजनीतिकर्मी रामचन्द्र बलले बताए ।
सो अवसरमा साहित्यकारहरु अनिता न्यौपाने, अप्सरा तिम्सिना, असीम सागर, ईश्वर कँडेल, उषा शेरचन, छवि अनित्य, जोतारे धाइबा, ज्योति जङगल, नवराज पराजुली, नवीन प्यासी, निमेष निखिल, प्रकाश रम्घाली, प्रतिमा पाठक, प्रोल्लास सिन्धुलीय, फूलमान बल, बिना थिङ तामाङ, बाबु त्रिपाठी, बिर्खे अन्जान, भूपिन, मनु मन्जिल, रन्जना निरौला, रमेश क्षितिज, राजेन्द्र पराजुली, राम अविकास, रावत, विप्लव ढकाल, संगीत श्रोता, सुदेश सत्याल, सुवास खनाल, सौरभ कार्की, हेम प्रभास र हेमन यात्रीलगायतको सहभागीता रहने बताइएको छ ।
0 comments
Write Down Your Responses