Powered by Blogger.
मकवानपुरमा पहिलो पटक खुल्ला लोक दोहोरी प्रतियोगिता हुदैँ

मकवानपुर /मकवानपुरमा पहिलो पटक “ खुल्ला लोक दोहोरी प्रतियोगिता ” हुदैछ । “फापरवारी राम नवमी मेला तथा फापरवारी महोत्सव ” को मुख्य आकर्षणको रुपमा रहेको खुल्ला लोक दोहारी प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागिता हुन पाउने सो प्रतियोगिताका संयोजक हेमन्त मगरले जानकारी दिए ।
मगरले भने,‘मकवानपुर जिल्लामा कला, गला र प्रतिभाको उजागर गर्नको लागि अन्य गायन प्रतियोगिता भएता पनि लोक दोहोरी प्रतियोगिता नभएको कारण आयोजना गरेको हौँ । ’ यस प्रतियोगितामा सहभागि हुनको लागि चैत्र ५ गते सम्म दर्ता गरिसक्नु पर्ने बताए ।
यस प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमले क्रमश नगर ३० हजार, २० हजार र १० हजार सहित शिल सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । जिल्लाबाट सहभागिता प्रत्येक टिममा महिला र पुरुष गरि दुई–दुई जना अनिवार्य उपस्थित हुनु पर्नेछ । हाल सम्म १८ टिमको दर्ता भईसकेको बताउदै मगरले भने,‘हाम्रो लक्ष्य ४० टिम देखि ५० टिम विच प्रर्तिष्प्रधा गराउने योजना छ । ’
हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाल र बागमती गाउँपालिका परिवारको संयुक्त आयोजनामा मकवानपुर जिल्लाको दोश्रो व्यापारी केन्द्र बागमती गाउँपालिका वडा नं. ६ स्थित फापरवारी बजारमा चैत्र ९ गते देखि चैत्र १३ गते सम्म महोत्सव हुँदैछ ।

0 comments

Write Down Your Responses