मुस्लिम संघमा पुनः डा.रहमान

काँग्रेस पार्टी कार्यालय मकवानपुरमा मंगलबार भएको अधिबेशनले उपाध्यक्षमा शकुर शेख सचिव मुस्ताक हुसैन, कोषाध्यक्ष शकिल अन्सारी, सहकोषाध्यक्ष रशिदा वानु र सदस्यहरुमा शमसुल अन्सारी, हमिद अन्सारी, हाजी इर्शाद शेख, सैफुल्लाह मियाँ, शाहनवाज आलम, हेदायतुल्लाह र हैवत अली सर्वसम्मत चयन हुनुभएको छ ।
संघका जिल्ला अध्यक्ष डा। मोतीउर्र रहमानको सभाध्यक्षता एवं नेपाली काँग्रेस मकवानपुरका कार्यबाहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आथित्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरु मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष एवं पूर्व माननीय मोख्तार अहमद, पूर्व माननीय कौसर शाह, संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष मोहम्मद निजामुद्दिन, काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोईराला, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव सुवात सिं थिङ, नेपाल तामाङ संघका जिल्ला अध्यक्ष चम्फुरत्न लामा, काँग्रेस मकवानपुरका सल्लाहकार दामोदर सुवेदी, शेख ईर्शाद अहमदलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
0 comments
Write Down Your Responses