Powered by Blogger.
अखिल नेपाल शिक्षक संघको अध्यक्षमा सानोभाइ कार्की निर्वाचित

Image may contain: 1 person, closeupमकवानपुर / नेकपा (मसाल) निकट अखिल नेपाल शिक्षक संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सानोभाइ काकी निर्वाचित भएका छन् ।  बुटवलमा सम्पन्न दोस्रो राष्ट्रिय अधिवेसनको नेकपा ९मसाल०का प्रवक्ता हरि आचार्यले द्घाटन गर्नुभएको थियो । 

महाधिवेशनमा राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपाली, अखिल ९छैठौं०का महासचिव विमल पोखरेललगायतका वक्ताहरुले शुभकामना दिनुभएको थियो । महाधिवेशनले ३५ सदस्यीय नया“ कार्यसमितिको निर्वाचन गरेको छ । समितिका अध्यक्ष सानोभाइ कार्की, बरिष्ठ उपाध्यक्ष हरिप्रसाद भुसाल, महिला उपाध्यक्ष कमला बञ्जाडे, महासचिव चक्रपाणि पौडेल, कोषाध्यक्ष तारा बेलबासे, महिला सचिव गीता कार्की, सचिव ठगराज शर्मा, मध्यमाञ्चल उपाध्यक्ष गंगा पौडेल, पश्चिमाञ्चल उपाध्यक्ष यदुमणि ढकाल, मध्यपश्चिमाञ्चल उपाध्यक्ष पूर्णबहादुर शाही, सुदुरपश्चिम उपाध्यक्ष खेमराज बडु रहनुभएको छ । 
Image may contain: 5 people
केन्द्रीय सदस्यहरुमा नवराज ढुंगाना, दिनेश थापा, गोमा कार्की, विष्णु राई, हृदयनारायण शाह, फूलकुमारी शर्मा, रविमोहन ढकाल, प्रेम थापा, हिमलाल बेलबासे, शत्रुघन श्रेष्ठ, रामबहादुर शाही, अजबहादुर गिरी, नरेश भट्ट, यादवनाथ शर्मा, कमला गैरे, टेकबहादुर थापा, ईश्वरी आचार्य, बालाराम पोखरेल, खिलेश्वरी धिताल, मधु पण्डित, कपिलदेव खनाल, गोविन्द पौडेल रहनुभएको छ । 

त्यस्तै सल्लाहकारहरुमा नरेन्द्रबहादुर थापा, महेन्द्रबहादुर बस्नेत, शंकर आचार्य, बुद्धिश्री पोखरेल, पोमनारायण पौडेल रहनुभएको छ । महाधिवेशनले राजनीतिक तथा सांगठनिक प्रतिवेदन, विधान संशोधन र समसामयिक प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

0 comments

Write Down Your Responses