Powered by Blogger.
थाहामा थपियो अर्को रेडियो –म्यानेजर कार्की भन्छन् : स्रोताको आबश्यकता अनुसार गुणात्मक सामग्री प्रसारण गछौँ

थाहा नगर /  रेडियो दामन ९०.८ मेघाहर्जका स्टेशन म्यानेजर इच्छा पुर्ण कार्कीले जनताको आबश्यकता अनुसार गुणात्मक सामग्री प्रसारण गर्ने बताएका छन् । नयाँ वर्षको अवसर पारेर उत्तरी मकवानपुरको थाहा नगरपालिकामा ४ बाट औपचारिक परिक्षण प्रसारण शुरु गरेको एफएमका म्यानेजर कार्कीले दामन पोष्टसंग कुरागर्दै समाचार र मनोरञ्जन बाहेक जनताका समस्याहरुको बुलन्द आवाज बनेर स्रोताहरुमा माँझ गुञ्जिने बताए ।  
उनले थपे, “अलिले युग सुचना र संचारको प्राविधिको युग हो, सुचनालाई गाउँगाउँ सम्म पुर्याउन रेडियोले महत्वपुर्ण भुमिका खेल्नेछ । ” उनले थाहामा संचारकर्मी उत्पादन गर्ने उद्देश्यले प्ररिक्षण प्रसार हुनु अगावै ३० जनालाई तालिम समेत दिएको बताए । मिडियालाई राम्ररी बुझ्न नसकेको कारण केहि समय इच्छ देखाए पनि पुनःसो इच्छा मर्दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै यस समस्यालाई समेत केहि निराकरण गर्न रेडियाले भुमिका खेल्ने बताए । 
Image may contain: 3 people, people standing, tree, sky and outdoor
प्रसारणको शुरुवातमै थाहा नगरपालिकाको दामन पालुङ, बज्रवाराहि, चित्लाङ, आग्रा, कैलाश गाउँपालिका र छिमेकि जिल्ला धादिङ र नुवाकोटको केहि भागमा राम्रो सुनिएको स्रोताले प्रतिक्रिया दिएका छन् । ५ सय प्रसारण क्षमता रहेको रेडियोको परिक्षण कालमा १ सय (वाट) क्षमतावाट मात्रै परिक्षण गरिएको छ ।
नगरपालिका ,गाउँपालिका सँगै छिमेकी जिल्लाको विभिन्न स्थानवाट स्रोताको राम्रो प्रतिक्रिया पाएपछि संचालक तथा व्यवस्थापकहरु उत्साहित भएका छन् । रेडियोको परिक्षण प्रसारण शुभारम्भ गरेको थाहा पाए पश्चात स्थानिय तथा व्यवसायहरुले स्रोताको चाहानालाई ध्यानमा राखि कार्यक्रम उत्पादन र प्रसारण गर्न आग्रह समेत गरेका छन् । 
Image may contain: screen
जनमुखी अभियान प्रालिद्वारा संचालित रेडियोका अध्यक्ष अरुण रायमाझीले थाहा नगर र आसपासको क्षेत्रमा सन्चार जगतमा नौलो आयाम थपिएको बताए ।  सुभारम्भ समारोहमा पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष बिमल ढकाल, ब्यबस्थापक प्रकाश पौडेल , सहब्यबस्थापक राम प्रसाद ढकाल वडा न १ का हेरमान गोपाली, वडा ३ का अध्यक्ष राजेस केसी, वडा ४ का दिपक लामा लगायत आथित्यता रहेको थियो । 

0 comments

Write Down Your Responses