Powered by Blogger.
थाहा नगरमा वृहत अन्तरक्रिया, १४ सामाजिक संस्थाले जारी गरे थाहा घोषणापत्र


पालुङ । थाहा नगरपालिकाको विकासको सन्दर्भमा वृहत अन्तरक्रिया सम्पन्न भएको छ । शनिबार झम्केश्वर माविको सभाहलमा वनभोज सहितको कार्यक्रम आयोजना गरी वृहत अन्तरक्रिया भएको हो । 

थाहा नगरको सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न १४ वटा संस्थाहरुको संयुक्त आयोजनामा भएको वृहत अन्तरक्रियामा मेयर लवशेर विष्टले प्रमुख आतिथ्यता गरेका थिए । उनले नगरमा अहिलेसम्म भएका योजनाको विवरण प्रस्तुत गर्दै भावी योजनबारे समेत जानकारी दिएका थिए । 


उपमेयर खड्ग गोपालीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सहभागिहरुको जिज्ञासाबारे उनले प्रष्टीकरण दिएका थिए । कार्यक्रममा इन्द्रशरोबार गाँउपालिकाका अध्यक्ष जीवन लामा, भिमफेदी गाँउपालिकाका उपाध्यक्ष पार्वती राना लगायतको विकासमा साझेदारी र सहकार्य गरेर अघि बढ्न सकिने बारे प्रतिवद्धता जनाएका थिए ।



कार्यक्रममा थाहानगर–६ निवाशी तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी, सहप्राध्यापक कुमार थापा, उद्योग मन्त्रीका प्रमुख स्वकीय सचिव तथा थाहा नगर निवासी नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य सन्तोष विष्ट, रेडियो पालुङको अध्यक्ष विष्णुहरी ढकाल, वुद्धिजीवी तथा चार्टर एकाउन्टेन उमेश्श ढकाल, सामानइ प्रशासन मन्त्रालयका सहसचिव भरत ढकाल, शिक्षासेवी सानोभाई कार्की, सहकारीकर्मी महेश्वर सुवेदी लगायतको उपस्थिति थियो । प्रस्तावीत रोटरी क्लव अफ थाहाका संयोजक अच्युत्तमप्रसाद ढकालको सभापतित्वमा कार्यक्रम भएको थियो । 


थाहा नगरपालिकामा क्रियाशील संघसंस्थाहरुको सञ्जालले कार्यक्रमको आयोजना गरेको हो । ‘विगतको भन्दा अझ व्यापक ढंगले जान खोजिएको छ, थाहानगर घर भई नगरबाहिर बस्दै आएका बुद्धिजीवीहरुको समेत विशेष सहभागिता रहेकाले कार्यक्रम महत्वपुर्ण ढंगले सफल रह्यो’  ढकालले भने ।



पालुङ जेसीज, लायन्स क्लब अफ पिस थाहा, लायन्स क्लब अफ थाहागर, थाहानगर उद्योग वाणिज्य संघ, थाहानगर मिडिया एसोसिएसन, थाहा कला केन्द्र, दामन रेडक्रस, पालुङ रेडक्रस, बज्रवाराही रेडक्रस, सामुदायिक सेवा केन्द्र, प्रस्तावित रोटरी क्लब अफ थाहा, नगरस्तरीय सामुदायिक वन उपभोक्ता महासंघ, जनकल्याण एल्मुनाइ एसोसिएसन, पाण्डुकेश्वर क्षेत्र विकास समिति, एभरेष्ट युवा विकास क्लब लगायत संघसंस्था सञ्जालमा छन् ।

कार्यक्रममा थाहा घोषणापत्र समेत जारी गरिएको छ । 



0 comments

Write Down Your Responses