Powered by Blogger.
कमलादेवी–जननिधि गजुरेल स्मृति साहित्य सम्मान’बाट साहित्यकर भावना न्यौपाने पुरस्कृत हुँदै


काठमाडौँ । नुवाकोट साहित्य प्रतिष्ठानले दाङकी चर्चित साहित्यकार भवानी न्यौपाने भावनालाई सम्मान गर्ने भएको छ । 

प्रतिष्ठानले यस वर्षको ‘कमलादेवी–जननिधि गजुरेल स्मृति साहित्य सम्मान’बाट दाङकी स्रष्टा भवानी न्यौपाने भावनालाई सम्मान गर्न लागेको हो । 

आगामी असार १५ गते नुवाकोटको बिदुरमा भव्य कार्यक्रम गरी साहित्यकारहरुको सम्मान गर्न लागिएको हो । 

नुवाकोट साहित्य प्रतिष्ठान नेपालले नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिका निमित्त उल्लेखनीय योगदान पु¥याएबापत भावना सहित विभिन्न सात स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । 

प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिको  शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकपछि प्रतिष्ठानले जारी गरेको विज्ञप्ति अनुसार ‘महामण्डल राष्ट्रिय साहित्य सम्मान’बाट हिरण्यकुमारी पाठक (काठमाडौँ), नरेन्द्रबहादुर श्रेष्ठ (काठमाडौँ), गंगाप्रसाद अधिकारी (इलाम), ‘महाण्डल युवा साहित्य सम्मान’बाट कपिलदेव भट्टराई (मकवानपुर), देवकी अभिलाशी (दोलखा)लाई पुरस्कृत गरिने भएको छ । 

यसैगरी प्रतिष्ठानको वार्षिक प्रकाशन ‘युगान्तर’मा प्रकाशित उत्कृष्ट रचनालाई दिइने ‘युगान्तर वर्ष पुरस्कार’ यस वर्ष बेलायतमा रहेर साहित्य सिर्जना गर्दै आएका खोटाङका स्रष्टा रक्ष राईलाई प्रदान गरिने निर्णय गरिएको छ ।

उक्त पुरस्कार तथा सम्मान आगामी असार १५ गते रोपाईं दिवसका दिन विदुरमा एक विशेष समारोहको आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । 


0 comments

Write Down Your Responses