Powered by Blogger.
गायक तथा संचारकर्मी प्रजोल पारखी आफ्नो छुट्टै पहिचान बनाउदै

Image may contain: 7 people, people smiling, outdoorमकवानपुर /  गायक तथा संचारकर्मी प्रजोल पारखी आफ्नो छुट्टै पहिचान बनाउदै छन।सानै उमेर देखि गीत संगीतलाई नजिक बाट नियाल्ने गायक पछिल्लो समयमा औपचारिक रूपमा संगीत क्षेत्रलाई अगाली रहेका छन् ।

 स्कुल र कलेजका हर कार्यक्रममा गीत गाउने र रचना  गर्दै २०७३ सालबाट संगीत क्षेत्रमा औपचारिक रूपमा लागेका हुन । २०७३ साल भन्दा पहिला उनलार्इ सांगीतिक क्षेत्रमा प्रबेश गर्ने इच्छा भए पनि समयले साथ दिएको थिएन जब अध्ययनलाई निरन्तरता दिने क्रममा काठमाडौ प्रबेश गरे पछि गायक प्रजोललार्इ यो क्षेत्रमा लाग्ने इच्छा पूरा भयो।

प्रजोल पारखी अर्कोतिर सञ्चारकर्मी पनि हुनुहुन्छ करिब ६ बर्ष लामो समय देखि अनब्रत रुपमा संचारजगतमा विझि स्रोता तथा र्दशकको माया पनि एका तर्फबाट पाइराख्नु भएको छ भने अर्को तर्फ संगीत क्षेत्रमा पनि स्रोता अनि दर्शकको मन जित्न सफल हुनु भएको छ।

अहिले सम्म विभिन्न लोक तथा दोहोरी गीतमा शब्द,संगीत र स्वर गर्दै बजारमा पठाइ सक्नु भएको छ। जुन गीतहरु आत्महत्या ,आउछन पछि पछि, मन पागल बनायो,नक्कली कान्छी ,डबल त्रिपल माया, बिन्दाश केटा, तिम्रै नजिक सर्न मन लाग्छ जस्ता थु्रपै गीतहरु बजारमा ल्याएका छन् । साथै बहुचर्चित गायिका बिष्णु माझीको आवाजमा रहेको तिम्रै याद............पनि बजारमा आउने तयारीमा छ । मानव जिबनका वास्तविकता बोकेका मिठा भाकाले गायक प्रजोल पारखीलार्इ दर्शकको अथाह माया पाएका छन् ।


0 comments

Write Down Your Responses