Powered by Blogger.
पहिलो पल्ट खुल्यो कैलाश गाउँपलिकामा बैंक

कैलाश / मकवानपुरको पश्चिमी बिकट कैलाश गाउँपलिकामा पहिलो पटक बैंक खुलेको छ । कैलाश–३ कालिकाटारमा सानिमा विकास बैंकले ६५ औं शाखा खोलेको हो । बैंकको गाउँपालिका अध्यक्ष टंक मोक्तानले रिबन काटेर उद्घाटन गरे ।

बैंक उद्घाटन गर्दै अध्यक्ष मोक्तानले अब गाउँपालिकाबाट चेक बुझेर पैसा साट्न हेटौंडासम्म धाउनुपर्ने दिन अन्त्य भएको बताए । बैंक उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङ, नेपाल पत्रकार महासंघ प्रदेश तीनका अध्यक्ष प्रताप विष्ट, प्राध्यापक बिरेन्द्र साहले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम बैंकका हेटौंडा शाखा प्रमुख रामेश्वर खतिवडाको सभाध्यक्षतामा भएको हो । कैलाश शाखामा शाखा प्रमुख प्रदिप बिक्रम साह सहित तीन जना कर्मचारी खटिएका छन् । 

बैंकले सेवा सुरु गरेपनि इन्टरनेटमा आइरहने समस्याका कारण भने नियमित सेवा दिनलाई समस्या हुनसक्ने शाखा प्रमुख साहले बताए । इन्टरनेटको समस्या बाहेक सुरक्षा लगायत सबै सुविधा गाउँमा उपलब्ध भएको उनले बताए ।

0 comments

Write Down Your Responses