Powered by Blogger.
गोरखानाथ मन्दिर डाँडामा वृक्षारोपण


पालुङ । लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको आयोजनामा गोरखनाथ मन्दिर वरिपरि डाँडामा बृक्षारोपण गरिएको छ  । 

शनिबार उक्त डाँडामा विभिन्न फुल , तेजपत्ता, लोठसल्ला र टिम्मुर गरि लगभग दुई सय पचास बोट बिरुवा रोपिएको हो । 

बिहानै गरिएको बृक्षारोपण कार्यक्रममा गोरखनाथ मन्दिर संरक्षण युवा समिति , गोरखनाथ कल्याण केन्द्रका पदाधिकारि लगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । 

संभावित पहिरो रोकथाम गर्न, मन्दिर परिसरमा हरियाली बढाउन र जडिबुटीको बिकाशका उद्देश्यले बृक्षारोपण गरियको कार्यक्रम संयोजक गणेश बिष्टले जानकारी दिए ।




0 comments

Write Down Your Responses