Powered by Blogger.
थाहाको मालपोत कार्यालयमा तोडफोड,लाखौँको क्षति

थाहा /  मकवानपुर थाहा नगरपालिकाकामा रहेको मालपोत कार्यालय शिखरकोटमा आज तोडफोड भएको छ । 
नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले  आज विहान करिब सवाँ ११ बजेतिर कार्यालय भित्र प्रवेश गरेर कम्प्युटर लगायतको सामाग्री तोडफोड गरेको संचारकर्मी जनक तामाङले बताए ।

 कार्यालयको ४ थान मोनिटर, २ थान सिपियू, १ थान टेलिफोन, १ थान फ्याक्स गरि लाखौँ  भन्दाबढी सरसामान तोडफोड गरी क्षति पुर्‍याएको बताएको छ ।

इलाका प्रहरी कार्यालय पालुङ नजिकै रहेको उक्त कार्यालयमा तोडफोड गरी त्यस समूह फरार भएका थिए ।  

मालपोत कार्यालयमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले तोडफोड गरेको कार्यालयमा छोडेको हस्त लिखित पर्चाबाट थाहा हुन आएको छ ।

 तोडफोडपछि उनीहरुको कार्यकर्ता फरार भएका छन् ।  फरार भएकाहरुलाई इलाका प्रहरी कार्यालय पालुङले खोजिरहेको बताएको छ । 

0 comments

Write Down Your Responses