Powered by Blogger.
तेस्रो थाहा महोत्सवको मुख्य आकर्षण ‘उँटको नचरी’

Related imageथाहानगर, १२ कार्तिक /  पहाडी भेगका मानिसहरुको लागि उँट नौलो नाम हो । बालबालिकाले उँट र अष्ट्रिचको बारेमा पाठ्यपुस्तक र टेलीभिजनमा तस्बीर देखे पनि प्रत्यक्ष रुपमा भने बिरलैले देख्न पाउँछन् ।  उँटलाई नजिकबाट प्रत्यक्ष रुपमा हेर्ने रहर भएकाहरुका लागि तेस्रो थाहा महोत्सव एउटा विशेष अवसर बनेको छ । 
१० कात्तिकदेखि थाहा नगरपालिकाको इन्द्रायणी चौरमा आयोजना भइरहेको तेस्रो थाहा महोत्सवको मुख्य आकर्षणहरु मध्ये उँट रहेको छ । 

महोत्सवको पहिलो दिनदेखि नै उँट हेर्नेहरुको भीड लाग्ने गरेको जीवन पँगेनीले बताए । बुटवलका पँगेनी र शिब गौतमको समूहले मरुभूमिमा पाइने उँट २ हजार मिटरको थाहानगरस्थित चिसो मौसममा ल्याएको हो । भारतको राजस्थान मरुभूमिबाट नेपाल भित्र्याइएको उँट तेस्रो थाहा महोत्सवभरि थाहानगरमा रहनेछ । ५ सय किलोग्राम तौल रहेको उक्त ४ वर्षीय उँट १५ फिट अग्लो र १० फिट लम्बाईको छ । 

सोनु’ नाम गरेको उक्त उँटले सात थरीको कला देखाउन सक्छ । पँगेनीका अनुसार मानिसले हात तेस्र्याउँदा उक्त उँटले अगाडिको खुट्टा दिएर हात मिलाउँछ । त्यस्तै मानिसहरुको गालामा म्वाईं खाने, पेटले जमिन नछोई बस्ने, मानिसहरुलाई सलाम गर्नेजस्ता कला पनि देखाउँछ । ‘कुकुरजसरी बस् भन्दा कुकुरजस्तै बस्छ, बाघजसरी बस् भन्दा बाघजस्तै गरी बस्छ,’ पँगेनीले भने । 
उक्त उँटले अतिथिलाई माला लगाइदिने, गिलासमा पानी पिलाउने, दर्शकहरुप्रति मित्रभाव प्रकट गर्ने, मुखमा आगो राखेर नृत्य गर्नेजस्ता क्रियाकलाप पनि गर्ने गरेको छ । ३ वर्षअघि नेपाल ल्याइएको उँटले हालसम्म गोरखा, सुर्खेत, रुकुम, बाग्लुङ, प्युठान लगायत ४० भन्दा बढी जिल्लामा आफ्नो कला देखाइसकेको छ । 
उक्त उँटले ‘माया जैले रिसाउनी, कैले होला मायासँग माया मिसाउनी’ र अन्य बोलका गीतहरुमा नृत्य समेत नृत्य गर्ने गरेको छ । 
थाहानगरमै उँट हेर्ने अवसर आएपछि थाहानगरका विद्यालयहरुले महोत्सवलाई अध्ययन भ्रमणकै रुपमा लिनेगरी छलफल चलाउन थालेका छन् । ‘एक÷दुई दिन समय मिलाएर विद्यार्थीहरुलाई महोत्सवमा अध्ययनका लागि लैजाने गरी छलफल चलिरहेको छ,’ एक विद्यालयका प्रधानाध्यापकले भने । 
तस्वि: गुगल

0 comments

Write Down Your Responses