Powered by Blogger.
कांग्रेस जिम्मेवार नभए लोकतन्त्र धरापमाः नेता बानियाँ


हेटौंडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस जिम्मेवार नबन्ने हो भने लोकतान्त्रिक गणतन्त्र टिकाउन असम्भव हुने बताउनुभएको छ ।

प्रमूख अतिथि बानियाँले बर्तमान व्यवस्था टिकाउन कांग्रेस जिम्मेवार नहुने हो भने बर्तमान दुईतिहाईको कम्युनिष्ट सरकारको दम्भ र यसका आसेपासे तथा केही उद्दण्ड समूहका कारण लोकतन्त्रनै धरापमा पर्ने दाबी गर्नुभएको हो ।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ ख को आयोजनामा दोश्रो जनजागरण अभियानअन्तर्गत मंगलबार हेटौंडामा भएको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले कम्युनिष्ट शासनको नेपाली कांग्रेसले दुईवर्षसम्म पर्ख र हेरको सिद्धान्तलाई अबलम्बन गर्दै सहेर बसेको तर अब यस्तै रवैया रहिरहे सशक्त प्रतिकार र खबरदारी गर्ने बताउनुभयो ।

नेता बानियाँले दोश्रो चरणको जागरण अभियानमार्फत बर्तमान सरकारको निर्वाचनका बेलाका प्रतिबद्धता र हाल गरिरहेको कामको बास्तविकताका बारेमा जनतालाई जानकारी गराउँदै कांग्रेसले गरेको महत्वपूर्ण कामका बारेमा टोलटोलमा पुगेर शुसुचित गराउँन अगुवा नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभएको छ ।

अन्र्तक्रिया कार्यक्रममा क्षेत्र नम्बर १ को ख अन्तर्गतका हेटौंडा उपमहानगरपालिकाका १२ वटा वडाका वडा सभापति एवम् प्रतिनिधिहरुले कांग्रेसका नेताहरुले गुटउपगुट, झुण्ड र नाताबाद त्यागेँ कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका थिए ।

कांग्रेस मकवानपुर क्षेत्र १ को ख का क्षेत्रीय उपसभापति गणेशहरि उप्रेतीको सभाध्यक्षता तथा कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति बानियाँको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा हेटौंडाका २, ४, ५, ६, ७, ८, ९, १०, १२, १३, १४, १५ का गरी १२ वडाका सभापति तथा प्रतिनिधिहरुले कम्युनिष्टको अन्याय अत्याचार र खोक्रो आश्वासनको भण्डाफोर तथा कांग्रेसले गरेका महत्वपूर्ण कार्यको जानकारी आमजनतामा पु¥याउन नेतृत्वले महत्वपूर्ण भूमिका खेल्नुपर्नेलगायतका विषयमा बोल्दै सुझावसहित प्रतिवेदनसमेत बुझाएका थिए ।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि ऋषिराम घिमिरे, पार्टीका प्रवक्ता प्रदिप कोइराला, जिल्ला सदस्य राजन खरेल, क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र १ ख का क्षेत्रीय कोषाध्यक्ष रामहरि खरेल, नेपाल दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, ६ नम्बर वडाअध्यक्ष अर्जुन चौलागाईं, नेपाल महिला संघकी सचिव निलम देवकोटा, जिल्ला सदस्य गीताकुमारी न्यौपाने, महिला नेतृ लक्ष्मी थिङ्गले कांग्रेसले विगतमा गरेको गल्तीबाट पाठ सिक्दै भावी दिनमा गर्नुपर्ने कार्यबारे बोल्नुभएको थियो ।

कांग्रेस मकवानपुरका जिल्ला पदाधिकारीहरु, सल्लाहकारहरु, जिल्ला सदस्यहरु, क्षेत्र १ ख अन्तर्गतका १२ वडाका पदाधिकारी, सदस्य तथा नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरि ५६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।



0 comments

Write Down Your Responses