Powered by Blogger.
साल्ट ट्रेडिङको अग्रसरता बढ्दो, चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा


काठमाडौं । नजिकिँदो चाडपर्वलाई लक्षित गरेर सोमबारबाट सुपथ मुल्य पसल सञ्चालमा आएको छ । सरकारी स्वामित्वमा रहेका साल्ट ट्रेडिङ, दुग्ध विकास सँस्थान, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयुक्त आयोजनामा सुपथ मुल्य पसल सञ्चालमा आएको हो ।

सुपथ मुल्य पसलको एक कार्यक्रमका बीच उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले उद्घाटन गरे । सुपथ मल्य पसलको उद्घाटन गर्दै मन्त्री यादवले व्यपारी मोटाउने तथा उपभोक्ता दुब्लाउने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेका बताए ।

चाडपर्वको बेलामा हुने कालोबजारी तथा महँगी नियन्त्रण गर्न पनि सूपथ मुल्य पसल आवश्यक रहेको मन्त्री यादवको भनाई थियो । 

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले चाडपर्वको समयमा उपभोक्तलाई राहत पुगोस् भन्ने उदेश्यले सूपथ मुल्य पसल सञ्चालनमा ल्याइएको बताए । उनले केही मात्रामा भएपनि उपभोक्ताले राहत पाउने उनको विश्वास छ ।



यस्तै अर्यालले चाडपर्वको समयमा मात्रै अनुगमन हुन्छ भन्ने तथ्यलाई गतल सावित गर्न बाह्रै महिना बजार अनुगमन गरिने पनि स्पष्ट पारे । साल्ट ट्रेडीङ कर्पोरेशनका कार्यकारी निर्देशक उर्मीला श्रेष्ठले चाडपर्वमा उपभोक्ताले राहत पाउन् भन्ने उदेश्यले आफुहरुले सूपथ मुल्य पसल सञ्चालनमा ल्याएको बताइन् । उनले सूपथ मुल्य पसलबाट बढी भन्दा बढी लाभ लिन पनि उपभोक्तालाई आग्रह गरिन् ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले दशैको समयमा दुग्ध पदार्थको मुल्य बढाएर उपभोक्तालाई आहत दिएको भन्दै सरकारको मिलेमतोमा अन्य उपभोग्य बस्तुको मुल्य पनि बढाउने कसरत भइरहेको उनले दावी गरे । 

निजी क्षेत्रको प्रतिनिधी मुलक सँस्था नेपाल चेम्बर आफ कमर्सका प्रदेश ३ का अध्यक्ष कृष्णलाल श्रेष्ठले चार्डपर्वको समयमा व्यवसायीहरुलाई अनेक बाहना बनाएर दुःख दिने गरिएको गुनासो पोखे । सूपथ मुल्य पसलबाट उपभोक्ताले खाद्यन्य,तेल,दुध चिनी लगायतका दैनिक उपभोग्य बस्तुका विशेष छुट प्राप्त गर्नेछन् ।



0 comments

Write Down Your Responses