नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) इन्द्रसरोबर ४ नम्बर वडा कमिटिको सदस्यहरुले शपथ ग्रहण गरेका छन् । आज इन्द्रसरोबर गाउँपालिकाको फाखेलमा आयोजित एक कार्यक्रमको बिच ४ नम्बर वडा कमिटिका २९ जना सदस्यहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य माक्र्सवादी दर्शनका दार्शनिक डा.बेदुराम भुसालले सामुहिक रुपमा सपथ गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा वडा कमिटीका सदस्यहरुले जनताको जनमतलाई कदर गर्दै वडा कमिटीले नेकपा पार्र्टीलाई एकढिक्का बनाएर जनताको चाहाना अनुसार अघाडि बढ्ने र पार्र्टीको विधि, विधान अनुसार पार्र्र्टीलाई आगामी दिनहरुमा थप मजवुत बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रमुख अथिति भुसालले पाटी र जनप्रतिनिधि मिलेर गाउँको विकास गर्नु आजको आवश्यकता रहेको बताउनु भयो । गाउँविकासमा पाटीको निर्देशनमा विकास गर्नका लागि सबैमा आग्रह गर्दै उहाँले समावेशी सहभागितामा जोड दिनु भयो । उहाँले सरकार विकास निर्माणमा अघि वढेको प्रसंग उल्लेख गर्दै जनताले परिणाम खोजेको र केन्द्र, प्रदेश र स्थानीय तहमा पार्र्टी हावी हुदाँ यहि बेला सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका अध्यक्ष सन्तराम विडारी,लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रिय सचिव रामचन्द्र बल, इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष जिवन लामा लगायतको आथित्यता रहेको थियो ।
Powered by Blogger.
इन्द्रसरोबर ४ को शपथ ग्रहण तथा चियापान कार्यक्रम सम्पन्न
0 comments
Write Down Your Responses