टिस्टुङ स्थित पापुङ गाँउलाई व्यवस्थित तर पुरानै स्वरुप दिन चाहन्छौं
![]() |
इन्द्रबहादुर श्रेष्ठ अध्यक्ष पापुङ टोल विकास उपभोक्ता समिति , थाहा नगरपालिका–६ (मकवानपुर)
|
थाहा नगरपालिका वडा नं ६ स्थित पापुङ गाँउलाई नयाँ स्वरुप दिने प्रयास थाल्नुभएको रहेछ, यसबारेको योजना बताइदिनुस् न ?
उत्तरी मकवानपुरको ऐतिहाँसिक टिस्टुङ नगरीको प्राचिन पापुङ वस्ति त्यत्तिकै महत्वपुर्ण र पुरानो इतिहास भएको ठाँउ हो । अंशुवर्माको पालाका लिच्छवीकालिन अभिलेखहरु हेर्ने हो भने अन्तिममा ‘ङ’ अक्षर भएको नामहरु किराँती शव्दहरु भन्ने बुझिन्छ ।
त्यस भेग आसपास थुप्रै ठाँउका नाममा अन्तिममा ‘ङ’ आएको पाइन्छ । ति अभिलेखहरु अध्ययन गर्ने हो भने हिजोका दिनमा चित्लाङलाई चुप्रिङ, टौखेल–बिसिङ्खेल क्षेत्रलाई चुस्तुङ, त्यसयता पापुङ, पापुङ खोलाभन्दा पारी अर्थात सरस्वती बजारभन्दा भित्रको भागलाई टिस्टुङ अनि त्यो भन्दा माथिल्लो भागलाई मेत्राङ भनिँदै आएको र अन्तिममा ‘ङ’ जोडिएका नामहरु कायम भएको देखिन्छ ।
यो मानेमा पनि ति ठाँउहरु महत्वपुर्ण रह्यो । त्यसै भएकाले पनि त्यस पापुङ जुन प्राचिन र नेवारजातिहरुको मौलिक वस्ति छ, त्यसलाई प्राचिन स्वरुपमा नै पुर्ननिर्माण गरौं भन्ने कुरा स्थानीय स्तरबाट उठेको हो ।
हिजोका दिनमा समेत एकिकृत वस्ति विकासको अवधारणा अनुरुप मिलेर बसेको वस्ति भएको ठाँउ हो । त्यो ठाँउलाई मास्सिन, भत्किन र बिग्रन नदिई पुरानै स्वरुपमा कायम राख्न हामीले प्रयास गर्नै पर्छ
सो गाँउमा अहिले चाँही ठ्याक्कै के गर्न खोजिएको हो तपाँइहरुबाट ?
अहिले हामीले पुराना बाटाहरुलाई फराकिलो पार्ने, कम्तिमा १ देखि साढे ३ मिटर चौडा गर्ने, झाडीहरुले पुरिन लागिसकेको पुुरानो बाटो यथावत कायम गर्ने, त्यसलाई तलैदेखि पर्खालहरु लगाएर सफा गर्ने, इट्टा बिछ्याएर पुरा फिनीसिङ काम गरी हेर्दै लोभलाग्दो बनाउने योजना छ ।
त्यस गाँउमा रहेका पुरानो पोखरीहरु मौलिक शैलीमा पुर्ननिर्माण गर्ने, त्यहाँ भएको मठमन्दीर र पाटी पौवाहरु पुरानै ढंगमा जिर्णोद्धारा गर्ने, सबै बाटोहरुमा सहज ढंगले रात्रीकालिन अवस्थामा हिँड्नका लागि मिल्नेगरी बत्तिको व्यवस्था गर्ने पनि योजना छ ।
त्यसबाहेक त्यहाँ लगभग ५०–६० वटा सार्वजनिक धाराहरु छ, हिजै देखिका ढुङ्गेधाराहरु पनि छ, त्यस धाराहरुलाई पनि अलि मौलिकता ढल्किनेगरी राख्ने योजना छ ।
यसबाहेक चारवटै दिशातर्फ पापुङ गाँउ छिर्नका लागि परम्परागत रुपमा पहिले रहेका चार ढोकाहरुलाई पनि पुरानै स्वरुप दिएर निर्माण गर्ने योजना छ ।
तपाँइ आफ्नो पहलकदमी र अगुवाईमा हरेक वर्ष गाँउ ठाँउमा केही न केही नयाँ काम गर्न तम्सिनुहुन्छ, यसको प्रेरणा कसबाट पाउनुभयो ?
मुलत हामी समाजमा जन्मिसकेपछि केही न केही समाजप्रतिको दायित्व त हुन्छ नै । तर सबै नेपालीले यस्ता काम गर्छन् भन्ने मलाई लाग्दैन ।
हामी चाँही गाँउ– ठाँउमा केही न केही होस्, केही गरेर देखाऔं भन्ने भावनाका साथ चिन्तनशील भैरहन्छौं । यस्तो योजना र आँट गर्ने पनि निश्चीत मान्छेहरु मात्र हुन्छन् । हाम्रो ठाँउ भनेको थाहा आन्दोलनका अगुवा रुपचन्द्र विष्टको थलो हो । उहाँको जन्मथलो र राजनीतिको कर्म थलो पनि ।
त्यस्तो इतिहाँस बोकेको ठाँउमा सामाजिक काममा उद्धेलित हुनु अस्वभाविक होइन । केही गर्नु आवश्यक छ भनेर म आफैलाई लागिसकेपछि आजभन्दा धेरै अघिदेखि सोचेका कामहरु फत्ते भएकै छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiYSlvP9urC88G2_v2qR35oHE4JuqIrhKsfRIJB_Ax98SXqG3MBBhKQRsxA8wPVN-4W6jmkX9MqYuJOWY4HEEnuqepgZuTlk1dSLU6dTTT1SLq_g3dM9hHaq58MV-ajkj-2QucG35DCQY4/s640/indaa.jpg)
कुनै बेला हामीले हामीकहाँको संभाव्यतालाई हेरी सांस्कृतिक पर्यटन मेला आयोजना ग¥यौं । कुनै बेला महोत्सवहरु ग¥यौं । कुनै बेला न्हुँदया भिन्तुना मोटरसाइकल ¥याली ग¥यौं । कहिले पर्यटनसंग जोडेर चित्रकारिता शिविर ग¥यौं ।
पछिल्लो चरणमा पर्यटन र संस्कृतिको विकास र प्रवद्र्धनसंग जोडेर वस्ति विकासको अवधारण अनुसार पापुङ गाँउलाई नमुना गाँउका रुपमा अघि बढाउने सोचका साथ हिँडेका छौं ।
पापुङलाई नै त्यो रुपमा विकास गर्ने भन्ने अवधारणा कसरी सुरु भयो त ?
हामीले नेपाल संवत ११४० को सुरुवातमा सांस्कृतिक सम्वन्ध आदान प्रदान गर्ने किसिमले भिन्तुना ¥याली गरेका थियौं । यो क्रम २०६४ सालबाट सुरु भएको हो । काठमाडौं र टिस्टुङ क्षेत्रका नेवार समुदायको भावनात्मक सम्वन्ध जोड्न यो आयोजना गर्दै आयौं ।
त्यसबेला होम स्टेको ढाँचामा हामीले पाहुनाहरुलाई आ आफ्नै घरमा राख्यौं । पाहुनाहरुले पनि यो ठाँउलाइ बन्दीपुरको स्वरुपमा लैजान सकिन्छ भन्ने सुझाव दिनुभयो । उहाँहरुलाई यस ठाँउ साँच्चै ऐतिहासिक, रमणीय र मनमोहक लागेछ । उहाँहरुले त्यसो भनिसकेपछि यस गाँउलाई विकास गरी सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भनेर हामी चिन्तनशील बन्यौं ।
पापुङ गाँउलाई इतिहाँससंग जोडेर प्राचिन वस्तीका रुपमा विकास गर्ने सोच आएपछि वडाअध्यक्ष शशीधर सुबेदीलाई अवगत गराँए । मैले स्थानीय टोलवासीहरुसंग सरसल्लाह गरेर भेला सहित वडा अध्यक्षलाई ‘हामीले पापुङ गाँउलाई यो स्वरुपमा लैजान सकियो भने पर्यटन प्रवद्र्धन समेत हुनेछ’ भनें । उहाँ पनि कन्भिन्स हुनुभयो ।
आर्थिक उपार्जनका लागि पनि यो अवधारणा अत्यन्त राम्रो हो भन्ने लागेपछि समुदाय आफैं तात्यो । टोलको व्यापक भेला गरियो । भेलामा उहाँहरु आफैं प्रतिवद्ध भएर तन, मन र धनका साथ लाग्ने प्रतिवद्धता आएपछि यो अवधारणा सुरु गरिएको हो ।
यो त ठुलै योजना हो, कति खर्च लाग्ने भयो अनि स्रोत साधन कसरी प्रवन्ध गर्दै हुनुहुन्छ ?
पहिलो चरणमा यो योजनाका लागि पापुङ गाँउमा रहेको पाटीमा आम भेला ग¥यौं । यसको योजना र खाका मैले तयार गरें । सो खाका सहित वडाअध्यक्षज्युलाई बोलाइयो । उहाँको सभाध्यक्षतामा हामीले आम भेला गरियो ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgjnKfpOqGlIKMebxiEvA_ntP9CcwKfabX6ncLiQmynfn-MpFLERE-vIuaAS56X_V5s4UGeYLvBvbBM-397ytlHjnYMHfW0O3dcAXz7QJ1TWpnuSxR3FlOuHoz-4g4vle2EDS3gE3z23-E/s640/pp1.jpg)
त्यो भेलामा उपस्थितहरुलाई मैले विस्तृत योजना सविस्तार राखें । हामीले प्रत्येक चुलोबाट नगद पाँच हजार अनिवार्य उठाउँछौं । त्यसका साथै तिनदिन श्रमदान गर्छौं । त्यो भन्दा बाहेक आर्थिक सहयोगको स्वघोषणा गर्ने क्रम चल्यो । हामीले हाम्रो ठाँउको फिनीसीङ काम गर्ने भएको हुनाले एक पटक गरिसकेपछि सामान्य मर्मत भन्दा केही पनि गर्न पर्दैन । तसर्थ आ आफैंले कसले कति सहयोग दिने हो भनेर स्वघोषणा गरौं भन्ने लाग्यो ।
मैले न्युनतम १ लाख भन्दा माथि सहयोग गर्ने प्रतिवद्धता जनाँए । त्यो दिनमा अरु कसैले यसमा साथ दिनुभएन । तर त्यसको भोलीपल्टैदेखि हामीकहाँको समुदायहरुले शिलालेखमा नाम राख्छौं, ताम्रपत्रहरुमा नाम राख्छौं, स्वागतद्धारहरु बनाउँछौं र तत् स्थानमा न्युनतम १० हजार भन्दा माथी रकम सहयोग गर्नेहरुको नाम राख्छौं भनिसकेपछि विदेश तथा स्वदेशका दाजुभाइ दिदिबहीनीबाट सहयोग प्रतिवद्धता जनाउने श्रङ्खला नै चलेको छ ।
गाँउकै मान्छेहरुले समेत थप सहयोग संकलनमा तिव्रता दिइरहनु भएको छ । हाम्रा कुरा सुनिसकेपछि वडाध्यक्षज्युले पनि नगरपालिकाको योजनाबाट सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा मेयर र उपमेयर सापले पनि तपाँइहरु समुदाय नै लाग्नुहुन्छ भने नगरपालिकाको परिषदबाट निर्णय गराइकन नै बजेट छुट्याएर काम पुरा गरिदिन्छौं भन्नुभएको छ ।
चन्दादाताहरुको नाम कहाँ कसरी राख्ने सोच छ त ?
हामीले न्युनतम १० हजार भन्दा माथी सहयोग दिने सबै चन्दादाताको नाम शिलालेखमा राख्नेछौं । शिलालेख प्राचिन दुइवटा पोखरीमामा हुनेछ । त्यस्तै ५० हजारभन्दा बढी रकम सहयोग गर्ने सहयोगदाताहरुको नाम प्राचिन पाटीको अगाडि स्तम्भ बनाएर सो स्तम्भवमा उल्लेख गरिनेछ ।
१ लाखभन्दा बढी सहयोग गर्ने सहयोगदाताहरुको नाम चारै दिशामा हुने प्रवेशद्धारमा ताम्रपत्रमा र पाटीको शिलालेख गरी दुबै ठाँउमा हुनेछ ।
तपाँइहरुले सोचेजसरी पापुङ गाँउ पुर्ननिर्माण गर्न कति लागत लाग्ने अनुमान गर्नुभएको छ ?
हामीले पहिलो चरणमा नगरपालिकाको प्राविधीक आएर लागत स्टमेट तयार पारेको छ । सो अनुसार २ करोड ४४ लाख रुपैंया हाराहारीको बजेट आवश्यक देखिन्छ ।
त्यत्रो ठुलो आकारको बजेट पुग्छ त आफु आफैंमा उठाएर मात्र ?
यो त महाअभियान हो । शित उभाएर घैला भर्ने योजना हो । प्राचिन गाँउलाई नयाँ स्वरुप दिने भन्ने कुरा चानचुने छैन । अहिलेसम्ममा हामीले टोलवासीबाटै मात्र ६ लाख हाराहारी पैसा नगद संकलन ग¥यौं ।
टोलवाशीबाटै हामीले २० लाख भन्दा माथी जम्मा गछौं भनेका थियौं । त्यसै अनुसार लागिरहेका पनि छौं । यही आर्थिक वर्षमा खर्च गरिने गरी राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट ७५ लाख रुपैंया बजेट सोही योजनालाई छुट्याइसकेको भनेर मलाई मेयर सापले जानकारी समेत गराइसक्नु भएको छ ।
पछि त्यो गाँउलाई होम स्टे विकास गर्ने सोच हो तपाँइहरुको ?
हामीले मुलत होम स्टे कै अवधारणा बोकेर यो काम गर्दैछौं । हाम्रा प्राचिन पापुङवाशीहरु प्राय सबै कृषि पेशामा निर्भर छन् । यो पेशामा रहँदा जर्वजस्ती कृषि प्रणाली अवलम्वन गर्नुपर्ने अवस्था छ ।
अहिलेको कृषि प्रणाली जिविकोपार्जन गर्ने खालको मात्र भएकोमा अब व्यवसायमुखीमा पनि जानुपर्छ । होम स्टेले आर्थिक उपार्जनमा सहयोग पु¥याँउछ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEja4hmLyDKC1xIAP4AQV8RN93SK15ajoYv3qkOPkBoevECKwxwXj8malbajPiCvOs9NEHIPQP-a_la269Eql1QeLm791CchPRLvo7KaIIrqY2XQaZzJIdIU1ZPc2Xa2fqLItj6-WU-hsrU/s640/pp3.jpg)
तसर्थ पापुङ लगायत थाहाका अन्य क्षेत्रलाई होम स्टेको अवधारणमा प्राथमिकतामा राखेर काम ग¥यौं भने काठमाडौंसंग अत्यन्तै नजिकको ठाँउ, मानव वस्ति बस्नका लागि लायक ठाँउ र पर्यटकीय दृष्टिकोणलले अति उत्तम ठाँउको रुपमा हामीले पर्याप्त फाइदा लिन सक्ने भएकाले त्यो टोलमा नमुना होम स्टे संभव छ । हाम्रो जोड त्यसैमा हो ।
समितिको अध्यक्षको नाताले अन्य भन्नै पर्ने केही छ ?
हामीले पहिलो चरणमा टिस्टुङ स्थित पापुङमा घर भएर काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरिरहनुहुने व्यक्तिहरुका बीचमा काठमाडौंमा पहिलो चरणको भेला समेत आयोजना गरिसकेका छौं ।
सम्पुर्ण पापुङवाशी दाजुभाइ दिदिबहीनीहरुलाई त्यो बेला मैले अपिल पनि गरेको थिँए की अब अन्तिम पटक पापुङलाई पुरानो शैलिमा नयाँ स्वरुप दिन लागौं । होस्टेमा हैंसे गर्न कन्जुस्याँइ नगरौं ।
सबैलाई मनैबाट सक्दो सहयोग गर्न हाम्रो आग्रह थियो । मैले त्यो बेला ‘तपाँइहरु सबैको आर्थिक हैशियत पनि थाहा नभएको होइन र मेरो आर्थिक हैशियत पनि तपाँइहरुलाई थाहा नभएको होइन, भनेको थिँए ।
आग्रह छ, सबैले सक्दो सहयोग गरेर अघि बढौं । मनैदेखि छातिमा हात राखेर हामीले सहयोग गरौं । पापुङलाई त्यो स्वरुप दिन सकियो भने भोली बाहिर आएर विभिन्न पेशा व्यवसाय गरेर बस्नुको सट्टा त्यसलाई चटक्कै छोडेर गाँउमै गएर पर्यटन व्यवसाय गर्नका लागि अत्यन्त अनुकुल हुन्छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjo1er5qH3xzVS0nbGIV0wkWHOmZ7Ln5vApVn9uAt89ubtBiNVs0uLwC23BBsNSIQY82JMmbQ_dEAuxXsG93Cl3_z1_D9agZ7WsdDY67cufXtWdW81l7FCJ6hxUMVJBOCa5PUMUsW7P7jQ/s640/81789897_540112143247213_2207140537583009792_o.jpg)
यो कुराहरु सबैले बुझिदिनुहोस् भन्न चाहन्छु । मुलत पापुङवाशीलाई यो अपिल गर्छुु कि पापुङ अहिले विरामी अवस्थामा छ, त्यसलाई निको पार्ने काम हामीले नै गर्ने हो । परेको बेलामा केही औषधी खर्च दिन सकियो भने विरामी अवश्य ठिक हुन्छ । भोली विरामी तन्दुरुस्त भइसकेपछि वा विरामी मरिसक्यो भने त्यस्ता कुनै औषधीले केही काम गर्दैन ।
तसर्थ विरामीलाई औषधी गर्ने बेला हो । यसबेला यो महत्वलाई बुझेर आर्थिक, भौतिक र नैतिक सहयोग गर्न चाहनुहुन्छ भने पापुङ बाहेक अन्यत्रका र काठमाडौंका समेत साथीहरुमा म सहयोगको हात फैलाउन चाहन्छु ।
0 comments
Write Down Your Responses